२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना



काठमाडौं । पश्चिमी वायुको प्रभावले आज शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।

उच्च हिमाली भूभागमा हिमपात भएको छ । आज अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । “पश्चिमी वायु सक्रिय नभएकाले ठूलो वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यम वर्षाको सम्भावना मात्र रहेको छ”, मौसमविद् अर्यालले भन्।

पश्चिमी भूभागमा आज ७.८ मिलिमिटर वर्षा भइसकेको बताइएको छ । यस प्रणालीको प्रभाव शनिबार बेलुकासम्म रहने र आइतबारदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ ।

देशभर राति आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १ : ०८ बजे

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।