४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा



मोरङ । कोरोना माहामारीका कारण मुलुकभरका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको यहाँ आयोजित भेलाका अवसरमा उक्त जानकारी दिइएको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पठनपाठन बन्द हुँदा शिशु कक्षादेखि १२ कक्षासम्मका लगभग १० हजार निजी विद्यालयमध्ये करिब एक हजार विद्यालय (१० प्रतिशत) बन्द हुने अवस्थामा पुगेको जानकारी दिए ।

उनले केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार बन्द हुने अवस्थामा पुगेका विद्यालयको पुँजी तथा रोजगारी संरक्षण गर्न अन्य विद्यालयमा समाहित गर्न सरकारले विशेष सहुलित दिनुपर्ने बताए ।

अति प्रभावित निजी विद्यालयलाई बैंकबाट लिएको ऋणको सावा तथा ब्याज भुक्तानका लागि आगामी असार मसान्तसम्म समय थप दिनुपर्ने र त्यस अवधिमा कालो सूची तथा लिलामीको प्रक्रियामा नराख्‍न सरकारसँग आग्रह गरिने निर्णय भएको उनले जानकारी दिए ।

दुईदिने भेलामा केन्द्रीय कार्य समितिका ९० जनाको सहभागिता रहेको छ । रासस

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ७ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको