२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

कोभिडको खोपका लागि अमेरिकाले सेना परिचालन गर्ने



वासिङ्टन । संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै सुरू भएको कोभिड-१९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको छ ।

पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरूद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ ।

अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले सेना परिचालनका लागि गरेको अनुरोधलाई रक्षा मन्त्रालयले स्वीकार गरेको छ । अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ ।

सहयोगअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रूपमा यो खोप दिने प्रयोजनका लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरू सार्वजनिक स्थलमा राखिने बताएका छन ।

यसका लागि सेनाले सैनिक चिकित्सकहरू र स्वास्थ्यकर्मी खटाउने भएको अधिकारीले जानकारी दिएका छन । अमेरिकामा पछिल्लो समयमा कोभिड-१९ का संक्रमितहरूको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरूद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको बताइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ०१ बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।