२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

नक्कली नोट बनाउने सामानसहित दुई जना पक्राउ



कञ्चनपुर । बेलौरी नगरपालिका-१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल-भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका-६ का ४५ वर्षीय रमेश खाती र काठमाडौं महानगरपालिका-१४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

“पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ”, उनले भने । उनकाअनुसार पक्राउ परेकाबाट नक्कली एक हजारको एक थान र ५ सयका दुई थान नोट बरामद गरिएको छ ।

यसैगरी विभिन्न नोटको साइजमा काटिएका पेपर ३ सय ८० थान, काठको केमिकल राखेको भाँडो एक थान र स्टिलका थाल दुई थान बरामद गरिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १० : १५ बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।