४ चैत्र २०८२, बुधबार | March 19, 2026

बयर र केशोर उत्पादक किसान निराश



महोत्तरी । मिथिलामा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको हुन्छ ।

चन्द्रमासको माघ शुक्ल पञ्चमी अर्थात् मैथिल हिन्दु परम्पराको श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रुखमा फल्ने फल विशेष) र केशोर (माटोमुनि फल्ने फल विशेष) उत्पादक किसानले आफ्नो समय आएको ठान्छन् । यसपालि बयर र केशोर उत्पादक किसान पर्व आउञ्जेल आफ्नो उत्पादन नरहने चिन्ताले चिन्तित छन् ।

श्रीपञ्चमी अर्थात् मैथिल हिन्दु परम्परामा विद्यादायिनी सरस्वती देवीको पूजामा बयर र केशोरको निकै महत्व हुने गरेको छ । बस्तीबस्तीका विद्यालय र घरघरै पनि उल्लासमय वातावरणमा मनाइने सरस्वती पूजनोत्सवमा प्रसादका रुपमा बयर र केशोरको प्रयोग गरिने परम्पराले यो बेला यी उत्पादनले राम्रो बजार पाउँछन् ।

माघ महिनामा तयार हुने यी दुवै फसलले यसपालि अधिकमासको प्रभावले श्रीपञ्चमी पर्व पछि धकेलिएपछि किसान निराश भएका हुन् । “बयर पहेंलपुर पाकेर बग्रेल्ती भुइँमा झरेको छ”, भङ्गाहा नगरपालिका-४ पलारकी किसान सियानकीदेवी बाँतरले भनिन्, “पवनी (पर्व) आउन अझै धेरै दिन बाँकी छ, यसपालि पवनीसम्म बयर टिक्ने आश अब मर्यो ।” अरुबेला खासै रोजाइमा नपर्ने बयर श्रीपञ्चमी आउनुपूर्व नै झरिसकेपछि यस वर्ष यो फसलबाट आम्दानीको आस मरेको सियानकी बताउँछिन् ।

बयर पाक्ने मुख्य बेला माघ मध्यताका हुने र पाकेका बयर रुखबाट बरर झर्ने भएका हुँदा यसपालि श्रीपञ्चमी पर्वसम्म यो नटिक्ने किसानको चिन्ता हो । चन्द्रमासको गणनाले माघ शुक्ल पञ्चमीमा मनाइने यो पर्व यसपटक गत असोजमा परेको अधिकमास (मलमास) को प्रभावले सौरमासको फागुनमा धकेलिएपछि बयर पर्वसम्म नटिक्ने किसानले बताएका हुन् । बयर पाकेको केही दिनमै भुइँमा झर्ने र नझरेका पनि रुखमै कक्रिएर कालो हुने सियानकीकै छिमेकी अर्का किसान महेश बाँतर बताउँछन् ।

यसैगरी माटोमुनि फल्ने केशोरको पनि तयार हुने महिना सौरमासको माघ नै हो । खन्न ढिलो हुनासाथ माटोमुनि नै फल कुहिँदै जाने, कालो धब्बा लाग्ने र स्वाद बिग्रँने भएको हुँदा केशोर पनि यसपाली पर्वसम्म टिकाउन सकिने किसानले आश मारेका छन् । “केशोर खन्न अब ढिलो हुँदैछ, श्रीपञ्चमीको अझै पत्तो छैन”, महोत्तरीकै बर्दिबास नगरपालिका-७ मनहरिपुरका किसान रोशन यादव भन्छन्, “खै यसपालि केशोरबाट राम्रो आम्दानी लिन सकिने छाँट छैन ।” आफ्नो बस्तीमा मुख्य बालीकै रुपमा केशोर खेती गरिने र यो श्रीपञ्चमी पर्व केन्द्रित नै हुने हुँदा पर्वपछि धकेलिँदा प्रतिकूल बनेको रोशनको भनाइ छ । टाढाटाढासम्म केशोर निर्यात गर्ने मनहरिपुरका किसान बारीमा फसल तयार भए पनि पर्व पछि धकेलिँदा अहिले बिलखबन्द परेका छन् ।

जिल्लामा बयर व्यावसायिकरुपमै खेती गर्ने किसान त थोरै छन् । केशोर खेती भने जिल्लाका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका बस्तीमा किसानले सघनरुपमा गर्दै आएका छन् । सरस्वती पूजनोत्सवका बेला यस भेगमा उत्पादित केशोर मुलुकभित्रकै टाढाटाढाका बजार र भारतीय बजारसम्म पुग्ने गरेको गौशाला-१० का किसान लक्ष्मीप्रसाद महतो बताउँछन् ।

स्वास्थ्यका दृष्टिले गुणकारी फल केशोर पर्व विशेषको प्रसाद सामग्री मात्र नभई मौसमी फलका रुपमा खाने चलन आमरुपमा बस्न सके यसको बजार विस्तार अझ बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । खानामा अरुची हटाउन, पाचन क्रिया मजबुत बनाउन, कोशिका सक्रिय बनाउन र रगत शुद्धीकरणका लागि केशोर अत्यन्त उपयोगी फल रहेको स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाको भनाइ छ । रासस

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १ : ५० बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन