८ चैत्र २०८२, आइतबार | March 22, 2026

ओली पक्षको अल्पमत केन्द्रीय बैठकबाट युवासंघ संयोजक दीपशिखालाई संयोजकबाट निश्कासन



काठमाडौं । नेकपामा मुल पार्टी विभाजन भएसँगै जनवर्गिय संगठन र शुभेच्छुक संगठनहरु विभाजन हुने क्रमले पनि तिब्रता पाएको छ । पार्टी एकिकरणका बेला भागवण्डाका आधारमा नेतृत्व पाएको भातृ संगठनहरुमा नेतृत्व आफुले नपाएका संस्थाहरुमा नेतृत्व हटाउने र नेतृत्व पाएको स्थानमा पदाधिकारीलाई निस्काशन गर्न दुबै पक्षका भातृसंगठनहरु जोडतोडले लागेका छन् ।

एकले अर्कालाई निस्काशन गर्ने लहडको पछिल्लो कडी बनेका छन्, युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा दिपशिखा । नेकपाको ओली पक्षले आफु निकट युवाहरुलाई काठमाडौमा भेला गरेर राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई हटाउने निर्णय गरेको छ । ललितपुरको च्यासलमा आइतबार बसेको ओली पक्षको युवा संघ केन्द्रीय कमिटीको बैठकले सापकोटालाई हटाउने निर्णय गरेको हो ।

प्रचण्ड–नेपाल पक्षमा कित्ता क्लियर गराएका संयोजक सापकोटालाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा अल्पपमत केन्द्रीय कमिटीको बैठक बसेको थियो । सोमबारसम्म चल्ने बैठकले नयाँ संयोजक तोक्ने तथा प्रचण्ड-नेपालपक्षमा खुलेका अन्य केन्द्रीय सदस्यहरुलाइ पनि हटाउने तयारी भएको बताईएको छ ।

३३५ सदस्यीय संघको केन्द्रीय कमिटीमा आफुसँग स्पष्ट बहुमत रहेको प्रचण्ड-नेपाल पक्षले दाबी गरेको छ । गत माघ ४ गते बसेको प्रचण्ड-नेपाल पक्षको युवा संघमा बैठकमा २५० बढी केन्द्रीय सदस्य बैठकमा सहभागी भएको सो पक्षले बताएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ५९ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा