२० बैशाख २०८१, बिहिबार | May 2, 2024

अन्ततः युवासंघमा चुनाव हुन दिइएन, क्षितिज थेवे सर्वसम्मत अध्यक्ष चयन



नेपालगन्ज । एमालेनिकट राष्ट्रिय युवा संघको नवौं महाधिवेशनलाई एक दिन लम्ब्याएर एमाले अध्यक्ष केपी ओली पक्षधर क्षितिज थेबेलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ । २९ गते सम्पन्न गर्ने गरि २७ गतेबाट सुरु भएको महाधिवेशननमा अध्यक्ष ओलीको निर्देशन विपरित अध्यक्षमा सन्तोष रावलबाट उम्मेदवारी परेपछि महाधिवेशनको अवधि लम्ब्याएर भएपनि रावललाई पाखा लगाई थेवेलाई अध्यक्षमा चयन गरिएको हो ।

अध्यक्ष मण्डलबाट निर्वाचन कार्यक्रम प्रकाशित गरि उम्मेदवारी दर्ता भएपछि पनि महाधिवेशनको रातभरीलाई थप गर्दै थेवेलाई अध्यक्ष बनाइएको महाधिवेशनका एक प्रतिनिधिले बताए । थेवेको विपक्षमा उम्मेदवारी नै दर्ता नगराउने प्रयास थियो, तर उम्मेदवारी परेपछि लगातार दवाव दिएर सर्वसम्मत गराइयो । उनले भने ।

महाधिवेशनबाट सात उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।

महासचिवमा सुमन पुरीलाई चयन गरेको महाधिवेशनले उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापालाई चयन गरेको हो । यसैगरी, सचिवमा विनय शाह, मोबिन आलम, जय गुरुङ, खेम शर्मा, अनिता कन्दङ्वा, बिष्णा चन्द, कुबेर अधिकारी, देवानन्द मेहता र पर्वत भण्डारी चयन भएका छन् ।

कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई र उपप्रमुखमा नानीराम तिवारी चयन भएका छन् । अनुशासन आयोगको प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली चयन हुँदा महाधिवेशनले निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपालीलाई चयन गरेको छ ।

यद्देपी थेवे विरुद्ध उम्मेदवारी दिउका रावल यस अघि युवासंघका ओली निकटकै युवा नेताकारुपमा चिनिँदै आएका थिए । सर्वसम्मतका सम्बन्धमा प्रतिक्रिया लिन सम्पर्क गर्ने खबरकुराको प्रयास सफल हुन सकेन ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १ : ११ बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो