४ आश्विन २०८३, आइतबार | September 20, 2026

एमाले लौरो टेक्ने जेष्ठ नागरिकको मात्र पार्टी होईन : एमाले अध्यक्ष ओली



नेपालगन्ज । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन नेपालगञ्जमा सुरु भएको छ । चैत २९ गतेसम्म चल्ने महाधिवेशनको आाज एक समारोहकाबीच एमाले अध्यक्ष केपी ओलीले उदघाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवालाई देशमा नै बसेर शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर एमालेले सिर्जना गर्ने बताए । उनले विदेशमा रहेको नेपाली युवालाई छिट्टै घर फर्कने वातावरण बनाइने जनाउँदै एमाले लौरो टेक्ने जेष्ठ नागरिकको मात्र पार्टी नभएर सशक्त युवाको पनि पार्टी भएको बताए ।

उनले युवाहरू सूर्य जस्तै अनुशासित हुन निर्देशन दिँदै अनुशासनमा नबस्ने व्यक्ति कुबाटोमा जाने प्रष्ट पारे ।

वर्तमान सत्ता गठबन्धनलाई ‘गठे संस्कृति’को संज्ञा दिँदै अध्यक्ष ओलीले गठे संस्कृतिले देशलाई ओरालो दीशामा पु¥याएको टिप्पणी गरे । ‘राजनीति छैन, विचार छैन जसरी भएपनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कूकर्म गर्नुपर्ने खालको स्थिति बनाएको छ ।’ओलीले भने । संघीय लोकतान्त्रिक गणतन्त्र कतिपय विकृति विसंगतिहरु रहेको चर्चा गर्दै उनले गठबन्धन संस्कृति पनि विकृति भएको बताए ।

कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अहिलेको अर्थतन्त्र जोगाउन नसक्ने दाबी गरे । उनले अहिलेको अवस्था बिग्रिरहेको अर्थतन्त्र जोगाउने साहस वर्तमान सरकारमा नरहेको टिप्पणी गरे ।

महासचिव शंकर पोखरेलले देशलाई संकट पर्दा राष्ट्रिय युवा संघ नेपाल जनताको पक्षमा प्रस्तुत हुने संगठन भएको उल्लेख गर्दैनेपालमा राष्ट्रिय युवा संघ नेपालले गौरवशाली भूमिका खेलेको दाबी गरे ।

महाधिवेशनको उद्घाटन समारोहमा पार्टी स्थायी समिति सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य एवम् युवा इन्चार्ज महेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

युवा संघ नेपालमा अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन । उपाध्यक्षद्वय अञ्जना अधिकारी र सन्तोष रावल सहित बर्तमान महासचिव क्षितिज थेवेसँगै अध्यक्षका लागि दाबी प्रस्तुत गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै चैत्र २९ गते संघको महाधिवेशन सकिने छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : १८ बजे

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार