२० बैशाख २०८१, बिहिबार | May 2, 2024

एमाले लौरो टेक्ने जेष्ठ नागरिकको मात्र पार्टी होईन : एमाले अध्यक्ष ओली



नेपालगन्ज । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन नेपालगञ्जमा सुरु भएको छ । चैत २९ गतेसम्म चल्ने महाधिवेशनको आाज एक समारोहकाबीच एमाले अध्यक्ष केपी ओलीले उदघाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवालाई देशमा नै बसेर शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर एमालेले सिर्जना गर्ने बताए । उनले विदेशमा रहेको नेपाली युवालाई छिट्टै घर फर्कने वातावरण बनाइने जनाउँदै एमाले लौरो टेक्ने जेष्ठ नागरिकको मात्र पार्टी नभएर सशक्त युवाको पनि पार्टी भएको बताए ।

उनले युवाहरू सूर्य जस्तै अनुशासित हुन निर्देशन दिँदै अनुशासनमा नबस्ने व्यक्ति कुबाटोमा जाने प्रष्ट पारे ।

वर्तमान सत्ता गठबन्धनलाई ‘गठे संस्कृति’को संज्ञा दिँदै अध्यक्ष ओलीले गठे संस्कृतिले देशलाई ओरालो दीशामा पु¥याएको टिप्पणी गरे । ‘राजनीति छैन, विचार छैन जसरी भएपनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कूकर्म गर्नुपर्ने खालको स्थिति बनाएको छ ।’ओलीले भने । संघीय लोकतान्त्रिक गणतन्त्र कतिपय विकृति विसंगतिहरु रहेको चर्चा गर्दै उनले गठबन्धन संस्कृति पनि विकृति भएको बताए ।

कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अहिलेको अर्थतन्त्र जोगाउन नसक्ने दाबी गरे । उनले अहिलेको अवस्था बिग्रिरहेको अर्थतन्त्र जोगाउने साहस वर्तमान सरकारमा नरहेको टिप्पणी गरे ।

महासचिव शंकर पोखरेलले देशलाई संकट पर्दा राष्ट्रिय युवा संघ नेपाल जनताको पक्षमा प्रस्तुत हुने संगठन भएको उल्लेख गर्दैनेपालमा राष्ट्रिय युवा संघ नेपालले गौरवशाली भूमिका खेलेको दाबी गरे ।

महाधिवेशनको उद्घाटन समारोहमा पार्टी स्थायी समिति सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य एवम् युवा इन्चार्ज महेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

युवा संघ नेपालमा अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन । उपाध्यक्षद्वय अञ्जना अधिकारी र सन्तोष रावल सहित बर्तमान महासचिव क्षितिज थेवेसँगै अध्यक्षका लागि दाबी प्रस्तुत गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै चैत्र २९ गते संघको महाधिवेशन सकिने छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : १८ बजे

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई

नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक