४ आश्विन २०८३, आइतबार | September 20, 2026

युवासंघमा सर्वसम्मतको प्रयास असफल, निर्वाचनको तयारी गरिँदै



नेपालगन्ज । एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको जारी नवौ राष्ट्रिय महाधिवेशनमा सहमति कायम नहुने भएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचनको तयारी गरिएको छ । सर्वसम्मत नेतृत्व छनोटको प्रयास क्षीण हुँदै गएपछि निर्वाचनको तयारी गरिएको हो ।

अध्यक्ष मण्डलले प्रकाशित निर्वाचन कार्यक्रम अन्तर्गत बुधबार दिउँसो १ बजे सम्म दिइएको समयमा १७ पदका लागि मनोनयन दर्ता भएको छ । संघको अध्यक्षमा क्षितिज थेवे र सन्तोस रावलले उम्मेदवारी दिएका छन् भने महासचिवमा सुमन पुरी तथा अन्जना अधिकारीले उम्मेदवारी दिएका छन् ।

एक–एक जना अध्यक्ष र महासचिव, तिन जना उपाध्यक्ष, दुईजना उप–महासचिव, एक जना कोषाध्यक्ष तथा समावेसी सहित नौ जना गरि १७ जना पदाधिकारीका लागि निर्वाचन गर्ने तयारी गरिएको अध्यक्ष मण्डलका एक सदस्यले बताए ।

यद्देपी सर्वसम्मतको प्रयास भने जारी रहेको उनले बताए । रातभरीमा सर्वसममतको प्रयास सफल नभए भोली बिहानैबाट निर्वाचन गराउने अध्यक्ष मण्ढलको तयारी छ ।

एमाले अध्यक्ष केपी ओलीको सदभाव अध्यक्षका उम्मेदवार क्षितिज तर्फ रहेपनि सन्तोषले उम्मेदवारीबाट पछि नहटेपछि चिर्वाचनको वातावरण सृजना भएको एमाले स्रोतले जनाएको छ । ओली निकटका नेताहरुले क्षितिजलाई सर्वसम्मत बनाउने प्रयासमा लागेपनि सन्तोषले अडान कायम राखेपछि निर्वाचन गर्ने अवस्था आएको ती स्रोतले दाबी गरे ।

महाधिवेशनमा भाग लिन देशभरबाट दुई हजार बढि युवा प्रतिनिधि नेपालगन्ज आएका छन् । महाधिवेशनले समग्र युवा आन्दोलनको समिक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै युवालाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने बताइएको छ ।

मनोनयन दर्ता भएर निर्वाचनको प्रक्रिया अगाडी बढेको संघका पुर्व प्रवक्ता तथा उप–महासचिवका उम्मेदवार महाराज गुरुङले बताए । उनले भने, ‘हामी दावि विरोध प्रक्रियामा छौं । निर्वाचन मण्डलले परेका उम्मेदवारी माथि छानविन गरिरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ९ : ३२ बजे

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार