२८ भदौ २०८३, आइतबार | September 13, 2026

भैरहवाको जुवा अड्डामा प्रहरीको छापा : जुवा अड्डाबाट ९ भारतीय सहित १८ जुवाडे पक्राउ



बुटवल । रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बाट १८ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । नगरपालिकाको मेउडिहवा स्थित सरेख कहारको घरमा खाजा नास्ता पसल संचालन गर्दै आएका तारा रानाको कोठाबाट जुवा तास खेलिरहेका १८ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

सो होटलमा जुवा तास खेल भईरहेको सुचनाका आधारमा प्रहरीले छापा मार्दा १८ जना जुवाडे सहित नेपाली नगद रू ६०,०९०।– र भारतीय रूपैयाँ ३२,६७०। प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।

पक्राउ परेका जुवाडेहरुमा भारत ठेगाना भएका ताहिर अली, दिलिप कुमार, गोरख कुमार, रमेश यादव, अवरार हुसेन, बद्रे आलम, अजिजुल अली, सलिम मुसलमान, सुलेमान खान रहेका छन् । त्यसैगरि सोहि जुवाखालबाट सिद्धार्थनगर नगरपालिकाका साजिद अली, बृजेश यादव, राजेश कुमार कोहार, फारुफ अली, कृष्ण गुप्ता, विरेन्द्र गुप्ता, दिपक पाण्डे, अयोध्या वानिया र बसन्त घिमिरेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत सम्मानित जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरेको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ११ : २५ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू