२० श्रावण २०८३, बुधबार | August 6, 2026

फागुन पहिलो सातामा राजवंशी समुदायको भेला



मोरङ । ‘आदिवासी जनजातिमा सूचीकृतका लागि दबाब सिर्जना गरौँ, विराट राजवंशीको एकता, ऐक्यबद्धता र प्रतिबद्धताका लागि विराटनगरमा भेला हौँ’ मूलनारा दिएर राजवंशी समाज उत्थान समितिले विराटनगरमा भेला गर्ने भएको छ ।

आगामी फागुन ६ गते हुने सो बृहत भेलामा राजवंशी समुदायले आफ्नो पहिचान, अस्तित्व, अधिकार, मूल्य मान्यता स्थापित गराउन सामूहिक आवाज उठाउने समितिका अध्यक्ष भुवनेश्वर मण्डलले आज मंगलवार यहाँ पत्रकार सम्मेलनमा जनकारी गराए ।

विराट राजवंशी समुदायको यो १४ औँ भेलामा महाभारतकाल मत्स्य देशको विराट राजासँग जोडिएको विराट राजवंशी समुदाय पूर्वी तराईको मूल आदिवासी यस समुदायका मानिसले अधिकार र अवसरबाट वञ्चित भइरहेकाले भेलामा घनिभूत आवाज उठाउने अध्यक्ष मण्डलले जानकारी दिए ।

उनले पूर्वी तराईको पहिलो जातिको रुपमा चिनिएको विराट राजवंशी समुदाय आदिवासी जनजातिमा सूचीकृत नहुनु दुःख लागेको चर्चा गर्दै राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गरिनुपर्ने माग गरे ।

उनले पत्रकार सम्मेलनमा विराटनगरको प्रथम जातिको रुपमा विराट राजवंशीलाई घोषणा गर्नुपर्ने र प्रदेश नं १ को नाम विराट प्रदेश हुनुपर्ने हाम्रो माग भएको बताए । भेलामा यस क्षेत्रका करीब ५० हजार राजवंशी भेला हुने बताइएको छ । रासस

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ६ : ०४ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको