१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

फागुन पहिलो सातामा राजवंशी समुदायको भेला



मोरङ । ‘आदिवासी जनजातिमा सूचीकृतका लागि दबाब सिर्जना गरौँ, विराट राजवंशीको एकता, ऐक्यबद्धता र प्रतिबद्धताका लागि विराटनगरमा भेला हौँ’ मूलनारा दिएर राजवंशी समाज उत्थान समितिले विराटनगरमा भेला गर्ने भएको छ ।

आगामी फागुन ६ गते हुने सो बृहत भेलामा राजवंशी समुदायले आफ्नो पहिचान, अस्तित्व, अधिकार, मूल्य मान्यता स्थापित गराउन सामूहिक आवाज उठाउने समितिका अध्यक्ष भुवनेश्वर मण्डलले आज मंगलवार यहाँ पत्रकार सम्मेलनमा जनकारी गराए ।

विराट राजवंशी समुदायको यो १४ औँ भेलामा महाभारतकाल मत्स्य देशको विराट राजासँग जोडिएको विराट राजवंशी समुदाय पूर्वी तराईको मूल आदिवासी यस समुदायका मानिसले अधिकार र अवसरबाट वञ्चित भइरहेकाले भेलामा घनिभूत आवाज उठाउने अध्यक्ष मण्डलले जानकारी दिए ।

उनले पूर्वी तराईको पहिलो जातिको रुपमा चिनिएको विराट राजवंशी समुदाय आदिवासी जनजातिमा सूचीकृत नहुनु दुःख लागेको चर्चा गर्दै राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गरिनुपर्ने माग गरे ।

उनले पत्रकार सम्मेलनमा विराटनगरको प्रथम जातिको रुपमा विराट राजवंशीलाई घोषणा गर्नुपर्ने र प्रदेश नं १ को नाम विराट प्रदेश हुनुपर्ने हाम्रो माग भएको बताए । भेलामा यस क्षेत्रका करीब ५० हजार राजवंशी भेला हुने बताइएको छ । रासस

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ६ : ०४ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको