१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात



काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागको मौसममा आँशिकदेखि समामन्य बदली रहेको छ ।

देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २२ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ को मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

देशका बाँकी भू-भागहरुको मौसामा आंशिक बदली रहने सम्भावना देखिएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : ५० बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्