२८ बैशाख २०८३, सोमबार | May 11, 2026

नेकपाको विरोध प्रदर्शन, उपत्यकाको ट्राफिक अस्तव्यस्त बन्ने



काठमाडौं । प्रचण्डनेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले गर्न लागेको विरोध प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक बिहानदेखि अस्तव्यस्त हुनेभएको छ ।

प्रचण्ड नेपाल नेकपाले गर्न लागेको आज उपत्यकामा काठमाडौं बाहिरबाट ठूलो संख्यामा कार्यकर्ता, समर्थकहरु उतार्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा गर्न लागेको विरोध प्रदर्शनमा २ लाख बढीको सहभागिता हुने दाबी गरेको नेकपाले उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकाल्दैछ । जसका कारण बिहानदेखि नै चक्रपथभित्रको ट्राफिक अस्तव्यस्त हुनेभएको हो ।

बिहान ११ बजेदेखि जुलुस प्रदर्शन हुनेभएपनि काठमाडौं बाहिरबाट आएका ठूलो समुह चक्रपथभित्र छिर्न थालिसकेका छन् । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट जुलुस निकाल्ने नेकपाले तयारी गरेको छ । जुलुसको नेतृत्व नेकपाका शिर्ष नेताहरुले गर्दैछन् ।

जुलुस रत्नपार्क र भद्रकाली सडकको बीचमा मुलसडकमै विरोध सभामा परिणत हुनेछ । काठमाडौंको मुख्य केन्द्रको मूल सडकमै सभा हुनेभएपछि ट्राफिक बेलुकासम्मै अस्तव्यस्त हुनेभएको हो ।

टुँडिखेल वरिपरिको सडक बन्द हुँदा त्यसको चाप रामशाहपथ पुतलीसडक सडकलाई पर्ने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले र्‍याली, जुलुस र आमसभा हुने स्थानलाई छोडेर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ०१ बजे

कांग्रेसको प्रश्न : संसद छलेर सरकार किन अध्यादेशको बाटोमा गयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदलाई बेवास्ता

प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु 

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु भएको छ

प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक प्रतिनिधिसभाको राज्य

बजेट तयारीका लागि आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइयो

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि

संसदमा राष्ट्रपतिले गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई