८ बैशाख २०८१, शनिबार | April 20, 2024

‘कोटेश्वरको केटो’ लाई एक लाख रुपैयाँको पुरस्कार



काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट समीक्षा, बिक्री, साहित्यकारको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर सो कृतिलाई रु एक लाख राशिको उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रेस विज्ञप्तिमार्फत इञ्जाले जानकारी दिएको छ ।

संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा साढे चार दशकअघिको काठमाडौंको दृश्य र परिवेश समेटिएका यस कृतिमा तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरिएको छ ।

काँठेजीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, सङ्घर्ष र पीडाको कथा पुस्तकमा छ । कसरी कोटेश्वरका स्थानीयवासीलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो खुराक बन्न सक्ने शिक्षा तथा साहित्य क्षेत्रका मूर्धन्य व्यक्तिको धारणा छ ।

तीन दशक लामो पत्रकारिताको अनुभव सम्हालेका पराजुलीले अक्षरहरुसँग पाठमा पत्रकारिताका अनेक तीतामीठा प्रसङ्ग उल्लेख छ । कथा लेखनमा विशेष दक्खल राख्ने पराजुलीका यसअघि विकल्प यात्रा २०५०, जाडोमा भोक २०६२, सपनामा मार्क्स २०६८, शुक्रराज शास्त्रीको चश्मा २०७३, भ्रष्ट संवेदना, अघोरी २०७५ कथासङ्ग्रह प्रकाशित छन् । अनायिका उपन्यास पनि उनकै कृति हो ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : १८ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन