१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

अमेरिकाको हेरिस्वर्गमा बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान हुने



इलाम । अमेरिकाको हेरिस्वर्गमा बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको पाँचौं श्रृखला आयोजना हुनेभएको छ ।

विश्व भूटानी साहित्य समाज (जिबिएलओ) बिभुसास हेरिस्वर्ग च्याप्टरको आयोजनामा हुन लागेको अनुष्ठानबारे जुममार्फत पत्रकारहरुलाई जानकारी गराईएको हो ।

 

विश्वभरी रहेका नेपालीभाषी साहित्यकारहरुलाई एकै थलोमा भेला पार्न लागिएको आयोजक संस्था जिबिएलओका संस्थापक अध्यक्ष डेन्जोम साम्पाङले जानकारी दिए ।

अमेरिकाको हेरिस्वर्गमा आगामी जुलाई २९ देखि ३१ तारिखसम्म सञ्चालन हुने कार्यक्रममा पुस्तक विमोचन, कार्यपत्र, सिद्धान्तमाथि बहस, साहित्यिक साँझसहित साँस्कृतिक साँझ र स्रष्टा भ्रमण गरी विभिन्न उत्कृष्ट कार्यक्रमहरु राखिएको जिबिएलओका अध्यक्ष कर्ण गुरुङले जानकारी दिए ।

यसका साथै यस पटकदेखि नेपाली साहित्यमा विशिष्ट योगदान गर्दै आएका अग्रजलाई सम्मान समेत गरिने जानकारी दिईएको छ । पहिलो पटक अग्रज साहित्यकार लिल बहादुर क्षेत्रीलाई लाईफटाईम अचिभमेन्ट अवार्ड दिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

कार्यक्रममा नेपालमै रहेर नेपाली भाषाको क्षेत्रमा विश्व समुदाय समक्ष परिचित प्राडा गोविन्दराज भट्टराई, सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङ, साहित्यकार मुक्ति बराल लगायतको सहभागिता रहने जिबिएलओका महासचिव पातलो अन्तरेले जानकारी दिए ।

कार्यक्रममा भारतको सिक्किम विश्वविद्यालयको भाषा तथा साहित्य विभागका डिन प्राडा कविता लामाले कार्यपत्र प्रस्तुत गर्ने र भारत, न्युजिल्यण्ड, क्यानाडा, मेक्सिको लगायतका देशहरुबाट समेत सहभागीता रहने कार्यक्रमका प्रचार संयोजक अर्जुन प्रधानले जानकारी दिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ११ : ३२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग