२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रचण्ड-नेपाल नेकपाको विरोध प्रदर्शन सुरु, काठमाडौंको ट्राफिक अस्तव्यस्त



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले गर्न लागेको विरोध प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको छ ।

प्रचण्ड नेपाल नेकपाले गर्न लागेको आज उपत्यकामा काठमाडौं बाहिरबाट ठूलो संख्यामा कार्यकर्ता, समर्थकहरु उतारेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा गर्न लागेको विरोध प्रदर्शनमा २ लाख बढीको सहभागिता हुने दाबी गरेको नेकपाले उपत्यकाका विभिन्न स्थानबाट जुलुस निस्किन सुरु भएको छ ।

नेकपा प्रदर्शन सुरु हुनु अघि नै चक्रपथभित्रको ट्राफिक अस्तव्यस्त बन्न थालेको थियो । काठमाडौं बाहिरबाट आएको जुलुस विभिन्न स्थानमा केन्द्रित हुँदै निर्धारित जुलुस रुटमा प्रवेश गर्ने क्रमबाटै ट्राफिक जाम सुरु भएको हो ।

ठूला जुलुस पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट निस्किँदैछन् । जुलुसको नेतृत्व नेकपाका शिर्ष नेताहरुले गरेका छन् ।

जुलुस रत्नपार्क र भद्रकाली सडकको बीचमा मुलसडकमै विरोध सभामा परिणत हुनेछ । काठमाडौंको मुख्य केन्द्रको मूल सडकमै सभा हुनेभएपछि ट्राफिक बेलुकासम्मै अस्तव्यस्त हुने देखिएको छ ।

टुँडिखेल वरिपरिको सडक बन्द हुँदा त्यसको चाप रामशाहपथ पुतलीसडक सडकलाई पर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले र्‍याली, जुलुस र आमसभा हुने स्थानलाई छोडेर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ११ : ४५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती