२९ मंसिर २०८२, सोमबार | December 16, 2025

ओलीलाई जनताले धिक्कार भनेका छन् : माधव नेपाल



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान ध्वस्त बनाएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई लोकतन्त्र मिचेकोमा जनताले धिक्कार गरिरहेको बताए ।

प्रतिनिधिसभा विघटन गरेर, असंवैधानिक नियुक्तिहरु गरेर ओलीले संविधानलाई ध्वस्त गराएको बताउँदै नेपालले भने, ‘जुन पार्टीले प्रधानमन्त्री पदमा पुर्‍यायो त्यही पार्टी सिध्याउन तिमी लागिरहेका छौं। लोकतन्त्र समाप्त पार्न लागेका छौं, तिमीलाई धिक्कार छ । आम नेपाली जनताले भनिरहेका छन् केपी ओलीलाई धिक्कार छ।’

अध्यक्ष नेपालले ओलीले मदन भण्डारीको जप गरे पनि अहिले उनले वास्तवमा भण्डारीलाई बिर्सेर पशुपतिनाथको मात्रै जप गरिरहेको टिप्पणी गरे । तर, पशुपतिनाथले पनि ओलीको भलो नगर्ने उनले दाबी गरे । ‘पशुपतिनाथले राम्रो, असल मान्छेको मात्रै भलो गर्छ,’ नेपालले भने, ‘पशुपतिनाथले पापीलाई भलो गर्दैनन् चेतना भया । लोकतन्त्रको हत्या गर्ने, संविधानको हत्या गर्ने केपी ओलीको रक्षा गर्दैनन् ।’

ओलीले आफुसँग समर्थन गर्ने मान्छे नभएपछि जतासुकै धाकधम्की मात्रै गर्दै हिँडेको आरोप लगाए । ओलीमा जनमतमा विश्वास गर्ने क्षमता नभएपछि उनी धम्कीको सहारा लिएको उनले तर्क गरे । ओली प्रतिगमनको प्रतीक भएको र ज्ञानेन्द्र शाह पथमा अगाडि बढेको उनको आरोप थियो ।

प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भैरहेका बलात्कारका घटनामा ओलीले कारवाही गर्न नसकेको आरोप लगाए ।

 

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : १४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको