१८ श्रावण २०८३, सोमबार | August 3, 2026

ललिता निवास प्रकरणका मुख्य अभियुक्त ढकाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर, अदालतबाट थुनामा पठाउने आदेश



काठमाडौं । नेपाली राजनीतिमा हलचल मच्चाएको प्रधानमन्त्री निवास बालुवाटारसंग गाँसिएको ललिता निवास प्रहरणमा लामो अनुसन्धान पछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल विरुद्ध मुद्दा दायर गरेको हो ।

ढकालमाथि ललिता निवासको २९९ रोपनी सरकारी जग्गा हिनामिना गर्ने कार्यमा मुख्य भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रूपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले बुधबार साँझ अभियुक्त ढकालसँग बयान लिएका थिए । अख्तियारले दायर गरेको मुद्दामा ढकालविरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी गरिएको छ ।

जग्गा प्रकरणमै अभियुक्त बनाइएकी ढकालकी पत्नी उमाकुमारीलाई भने विशेष अदालतले धरौटीमा रिहा गर्ने निर्णय सुनाएको थियो । अख्तियारको उनीमाथि ९१ लाख बिगो मागदाबी थियो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ८ : २३ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क