१६ असार २०८३, मंगलबार | June 30, 2026

रामकुमारी झाँक्रीले दिईन् गिरफ्तारी, वैवाहिक जीवनको वर्षगाँठकै दिन झाँक्री प्रहरी हिरासतमा



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रहरी समक्ष गिरफ्तारी दिएकी छिन् । झाँक्रीको माग बमोजिम प्रहरीले रँयविरुद्धको अभियोगको पूर्जी थमाएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन् । नेतृ झाँक्रीले आफ्नो बिबाहको ११ औ वर्षगाँठ मनाईरहेकाबेला उनलाई पक्राउ गर्न प्रहरी झाँक्री निवास पुगेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । यस अघि गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ओली पक्षका अखिल नेपाल महिलासंघका नेतृहरुले झाँक्रीलाई पक्राउ गर्न दावाव दिएका थिए ।

गिरफ्तारी दिनु अघि प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको भएपनि झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । प्रहरीले  राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएपछि उनले गिरफ्तारी दिएकी हुन् । प्रहरी झाँक्रीलाई पक्राउ गर्न घर पुग्दा झाँक्रीले बिबाहको ११ औ वर्षगाँठको तयारी गर्दै थिईन् ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।

झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-नेपाल पक्षका धेरै कार्यकर्ता भेला भएका थिए । पक्राउ पर्नुअघि उनले घर अगाडी भेला भएका समर्थकहरुलाई सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएकाले गिरफ्तारी दिएको बताएकी थिइन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  १ : १६ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी