२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

रामकुमारी झाँक्रीले दिईन् गिरफ्तारी, वैवाहिक जीवनको वर्षगाँठकै दिन झाँक्री प्रहरी हिरासतमा



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रहरी समक्ष गिरफ्तारी दिएकी छिन् । झाँक्रीको माग बमोजिम प्रहरीले रँयविरुद्धको अभियोगको पूर्जी थमाएपछि झाँक्रीले गिरफ्तारी दिएकी हुन् । नेतृ झाँक्रीले आफ्नो बिबाहको ११ औ वर्षगाँठ मनाईरहेकाबेला उनलाई पक्राउ गर्न प्रहरी झाँक्री निवास पुगेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । यस अघि गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ओली पक्षका अखिल नेपाल महिलासंघका नेतृहरुले झाँक्रीलाई पक्राउ गर्न दावाव दिएका थिए ।

गिरफ्तारी दिनु अघि प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको भएपनि झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । प्रहरीले  राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएपछि उनले गिरफ्तारी दिएकी हुन् । प्रहरी झाँक्रीलाई पक्राउ गर्न घर पुग्दा झाँक्रीले बिबाहको ११ औ वर्षगाँठको तयारी गर्दै थिईन् ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।

झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-नेपाल पक्षका धेरै कार्यकर्ता भेला भएका थिए । पक्राउ पर्नुअघि उनले घर अगाडी भेला भएका समर्थकहरुलाई सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएकाले गिरफ्तारी दिएको बताएकी थिइन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  १ : १६ बजे

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले

राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित