८ चैत्र २०८२, आइतबार | March 22, 2026

संघिय सरकारले घोषणा गरेको आम निर्वाचन हुन १ महिना बाँकी रहँदा लुम्बिनी प्रदेश सरकारले लगानी सम्मेलन गर्दै



बुटवल । संघिय सरकारले बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेर प्रधानमन्त्री चुनावी दौडाहामा रहेकै बेला लुम्बिनी प्रदेश सरकारले भने चैत्र १९ र २० गते प्रदेश लगानी सम्मेलनको घोषणा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले चैत्र १९-२० गते प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकपछि मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले कोभिडका कारण स्थगित भएको लगानी सम्मेलन चैत्रमा गर्ने निर्णय भएको जानकारी दिए । लगानी सम्मेलनको अवधारणा पत्र तयार गर्न प्रदेशसरकारले बिभिन्न समितिहरु गठन गरेको पनि मन्त्री चाधरीले बताए । निर्वाचन आचारसंहिताले रोकेको अवस्थामा बाहेक स्थगित लगानी सम्मेलन चैत्रमा गर्नलागिएको उनले बताए ।

बैठकले प्रदेश अनुसन्धान ब्यूरो गठन सम्बन्धी ऐन बनाउन सैद्धान्तिक सहमती समेत दिएको छ । संबिधानले प्रदेशमा अनुसन्धान ब्यूरो र प्रदेश प्रहरी बनाउन सक्ने व्यवस्था गरेपनि केन्द्र सरकारले नियमावली र निर्देशिका बनाउन ढिलाई भएकाले ऐन बनाउन ढिला भएको मन्त्री चौधरीले बताए ।

प्रदेश सरकारले कोभिड नियन्त्रणका लागि प्रदेशका ४ स्थानमा संचालनमा रहेका आइशोलेसन अस्पतालहरुलाई थप ३ महिना म्याद थपेर संचालन गर्ने निर्णय समेत गरेको छ ।

प्रदेशमा रुपन्देहीमा २, दाङमा १ र बाँकेमा १ आइशोलेसन अस्पताल संचालनमा रहेका छन् ।

मन्त्रिपरिषदको आजको बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपिन्द्र जिसी र जनसम्पर्क सल्लाहकारमा दाङका छबिलाल ओलीलाई नियुक्त गरेको छ । प्रवक्ता चौधरीका अनुसार जीसीले राज्यमन्त्री सरह र ओलीले सहायक मन्त्री सरह सुबिधा पाउने छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ५ : ३० बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड