७ माघ २०८२, बुधबार | January 21, 2026

संघिय सरकारले घोषणा गरेको आम निर्वाचन हुन १ महिना बाँकी रहँदा लुम्बिनी प्रदेश सरकारले लगानी सम्मेलन गर्दै



बुटवल । संघिय सरकारले बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेर प्रधानमन्त्री चुनावी दौडाहामा रहेकै बेला लुम्बिनी प्रदेश सरकारले भने चैत्र १९ र २० गते प्रदेश लगानी सम्मेलनको घोषणा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले चैत्र १९-२० गते प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकपछि मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले कोभिडका कारण स्थगित भएको लगानी सम्मेलन चैत्रमा गर्ने निर्णय भएको जानकारी दिए । लगानी सम्मेलनको अवधारणा पत्र तयार गर्न प्रदेशसरकारले बिभिन्न समितिहरु गठन गरेको पनि मन्त्री चाधरीले बताए । निर्वाचन आचारसंहिताले रोकेको अवस्थामा बाहेक स्थगित लगानी सम्मेलन चैत्रमा गर्नलागिएको उनले बताए ।

बैठकले प्रदेश अनुसन्धान ब्यूरो गठन सम्बन्धी ऐन बनाउन सैद्धान्तिक सहमती समेत दिएको छ । संबिधानले प्रदेशमा अनुसन्धान ब्यूरो र प्रदेश प्रहरी बनाउन सक्ने व्यवस्था गरेपनि केन्द्र सरकारले नियमावली र निर्देशिका बनाउन ढिलाई भएकाले ऐन बनाउन ढिला भएको मन्त्री चौधरीले बताए ।

प्रदेश सरकारले कोभिड नियन्त्रणका लागि प्रदेशका ४ स्थानमा संचालनमा रहेका आइशोलेसन अस्पतालहरुलाई थप ३ महिना म्याद थपेर संचालन गर्ने निर्णय समेत गरेको छ ।

प्रदेशमा रुपन्देहीमा २, दाङमा १ र बाँकेमा १ आइशोलेसन अस्पताल संचालनमा रहेका छन् ।

मन्त्रिपरिषदको आजको बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपिन्द्र जिसी र जनसम्पर्क सल्लाहकारमा दाङका छबिलाल ओलीलाई नियुक्त गरेको छ । प्रवक्ता चौधरीका अनुसार जीसीले राज्यमन्त्री सरह र ओलीले सहायक मन्त्री सरह सुबिधा पाउने छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ५ : ३० बजे

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

हुम्लाको विकास सूचक र भविष्य

प्रचुर प्राकृतिक सम्पदा भएको तर राज्यको उपेक्षा र पहुँचको अभावले

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको