४ पुस २०८२, शुक्रबार | December 20, 2025

लमजुङको लोदोखोलामा जीप दुर्घटना हुदा तीन जनाको मृत्य, तीन जना घाइते



लमजुङ । लमजुङमा बिहीबार साँझ बलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन ।

दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको प्रदेश नं ३ ०१-२२ च १३८३ नंको बलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्याङ्जा घर भई सोही आयोजनामा कार्यरत वर्ष ३४ का यदुनाथ भट्टराई, उदयपुर-१ घर भएका वर्ष २६ का जिप चालक किशोर राई र तनहुँ भानु नगरपालिका-१० घर भएका वर्ष ४५ का प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी सुनसरीका सुनिलकुमार शाह, लमजुङका अनु घले र दोर्दीकै सुनिता विक घाइते छन् ।

जिप सडकबाट १ सय २० मिटर तल लेदेखोलामा खसेको थियो । घाइतेहरुको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

जिप पावर हाउसबाट कार्यालयतर्फ जाने क्रममा दुर्घटना भएको तथा के कति कारणले दुर्घटना भयो भन्ने कुरा खुलिनसकेको प्रहरी प्रमुख थापाले बताए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ७ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको