५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते



धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् ।

गोदावरी नगरपालिका-४, अमलेशैनी गाउँका अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार विवादका क्रममा रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुक प्रयोग गरी श्रीमतीमाथि गोली प्रहार गरेका थिए ।

श्रीमतीको हत्या गरेपछि उनले सोही बन्दुक प्रयोग गरी आफैंमाथि पनि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते अवस्थामा रहेका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

मृतक संजिताको शव घटनास्थलमै रहेको र माइती पक्ष आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ९ : २१ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे