५ चैत्र २०८२, बिहिबार | March 19, 2026

आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात, पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा



काठमाडौं । हाल नेपालभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुंम्बिनी प्रदेशका केही भू-भागको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ ।

देशका अन्य पहाडी भू-भागहरुको मौसममा पनि आंशिक बदली रहेको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश नं १ का पहाडी भू-भागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ६ : ४८ बजे

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन