१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रचण्ड-नेपाल चुनाव नलडे बैद्यको पार्टीसँग मिले हुन्छ : उर्जामन्त्री रायमाझी



काठमाडौं । नेकपा ओली पक्षका नेता एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड-नेपाल पक्षले ओली सरकार र ओली नेतृत्वको विरुद्ध बिग्रेको थ्री नट थ्री राईफल पड्काएको टिप्पणी गरेका छन् । नेकपाको ओली पक्षले आज बुटवलमा गरेको जनसभामा बोल्दै मन्त्री रायमाझीले विपक्षीले बिग्रेको थ्री नट थ्री राईफल पड्काउँदा प्रधानमन्त्रीले एके ४७ पड्काएर विपक्षीलाई सडकमा पु¥याईदिएको बताए । उनले प्रधानमन्त्रीको एक फायरमै प्रचण्ड र माधव नेपाल सडकमा पुगेको बताए ।

पार्टी एकिकरण गरेपछि सर्वसम्मत केपी ओलीलाई नेता चयन गरिएको उल्लेख गर्दै प्रचण्ड-नेपाल पक्षले पार्टी एकताको म्याण्डेट विपरित हरकत गरेको आरोप लगाए । पूर्व माओबादी र केहि पूर्व एमालेका टिम मिलेर प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने षडयन्त्र गरिएको नेता रायमाझीले बताए । बिपक्षीहरुको कांढमा टेकेर प्रधानमन्त्री बिरुद्ध प्रहार गरेको उनको भनाई ।

रायमाझीले प्रधानमन्त्रीसँग एक से एक हतियार रहेको खुलासा गर्दै प्रधानमन्त्रीसंग ५० औ अप्सन रहेको बताउंदै प्रचण्ड(नेपालसँग कुनै हतियार नभएको ठोकुवा गरे । उनले निर्वाचन आयोगले ओलीको हस्ताक्षर बाहेक अरु नचिनेको दाबी गर्दै आयोगले पार्टी नफुटेको भनेपछि ओलीकै हस्ताक्षर आधिकारीक हुने दाबी गरे । उनले प्रचण्ड(नेपाल पक्षलाई निर्वाचनमा भाग नलिने भए मोहन बैद्यको पार्टीसँग एकता गर्न सल्लाह पनि दिए ।

सभामा संघिय सरकारुका अर्का मन्त्री लेखराज भट्ट, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतले बोलेका थिए ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ६ : ३३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम