१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रचण्ड-नेपाल चुनाव नलडे बैद्यको पार्टीसँग मिले हुन्छ : उर्जामन्त्री रायमाझी



काठमाडौं । नेकपा ओली पक्षका नेता एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड-नेपाल पक्षले ओली सरकार र ओली नेतृत्वको विरुद्ध बिग्रेको थ्री नट थ्री राईफल पड्काएको टिप्पणी गरेका छन् । नेकपाको ओली पक्षले आज बुटवलमा गरेको जनसभामा बोल्दै मन्त्री रायमाझीले विपक्षीले बिग्रेको थ्री नट थ्री राईफल पड्काउँदा प्रधानमन्त्रीले एके ४७ पड्काएर विपक्षीलाई सडकमा पु¥याईदिएको बताए । उनले प्रधानमन्त्रीको एक फायरमै प्रचण्ड र माधव नेपाल सडकमा पुगेको बताए ।

पार्टी एकिकरण गरेपछि सर्वसम्मत केपी ओलीलाई नेता चयन गरिएको उल्लेख गर्दै प्रचण्ड-नेपाल पक्षले पार्टी एकताको म्याण्डेट विपरित हरकत गरेको आरोप लगाए । पूर्व माओबादी र केहि पूर्व एमालेका टिम मिलेर प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने षडयन्त्र गरिएको नेता रायमाझीले बताए । बिपक्षीहरुको कांढमा टेकेर प्रधानमन्त्री बिरुद्ध प्रहार गरेको उनको भनाई ।

रायमाझीले प्रधानमन्त्रीसँग एक से एक हतियार रहेको खुलासा गर्दै प्रधानमन्त्रीसंग ५० औ अप्सन रहेको बताउंदै प्रचण्ड(नेपालसँग कुनै हतियार नभएको ठोकुवा गरे । उनले निर्वाचन आयोगले ओलीको हस्ताक्षर बाहेक अरु नचिनेको दाबी गर्दै आयोगले पार्टी नफुटेको भनेपछि ओलीकै हस्ताक्षर आधिकारीक हुने दाबी गरे । उनले प्रचण्ड(नेपाल पक्षलाई निर्वाचनमा भाग नलिने भए मोहन बैद्यको पार्टीसँग एकता गर्न सल्लाह पनि दिए ।

सभामा संघिय सरकारुका अर्का मन्त्री लेखराज भट्ट, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतले बोलेका थिए ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ६ : ३३ बजे

रास्वपाले सच्यायो महाधिवेशनको नतिजा, बढी मत ल्याएका दुई उम्मेदवारलाई केन्द्रीय सदस्य घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ