२९ चैत्र २०८२, आइतबार | April 12, 2026

भारतमा कोरोना खोप लगाएका थप ३ जनाको मृत्यु



एजेन्सी । भारतको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका थप ३ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय मिडियाले दिएको जानकारी अनुसार पछिल्लो पटक थप ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरु मध्य प्रदेश, राजस्थान र हरियाणा का ३५, ३८ र ५८ उमेरका हुन् । उनीहरुले करिब ८-९ दिन अगाडि कोरोना खोप लगाएका थिए ।

यसअघि भारतमा कोरोना खोप लगाएका २४ जनाले ज्यान गुमाएका थिए। यो सँगै कोरोनाविरुद्धको खोप लगाएपछि मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको रिपोर्ट अनुसार २५ जनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ । उनीहरुको मृत्युको फरक–फरक कारण देखिएको छ । दुई जनाको रिपोर्ट आउन बाँकी छ ।

उनीहरुको मृत्यु हुनुको कारण खोप लगाउनु नभई अन्य रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : ५८ बजे

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज