२४ बैशाख २०८१, सोमबार | May 7, 2024

प्रधानमन्त्री ओलीका तीन वर्ष, आज सुनाउँदैछन् ‘विकास र समृद्धिको कायापलट’का फेहरिस्त



काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भएको तीन वर्ष पुगेको छ । विकास र समृद्धिको नाराका साथ २०७४ मंसिरमा भएको आम निर्वाचनमा वामपन्थी गठबन्धनले विजय हासिल गरेपछि तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए आजैका दिन ।

तत्कालिन नेकपा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएका ओलीले यस तीन वर्षको बीचमा देशमा ‘अभूतपूर्व कायापल्ट’ भएको दाबी गरेका छन् । ओली र ओली समर्थकहरुले विकासै विकास मात्र भएको देखेका छन् । यति धेरै विकास र देशको समृद्धि अहिलेसम्म कोही प्रधानमन्त्रीले पनि नगरेको उनीहरुको दाबी छ ।

ओलीका विरोधी र आलोचकहरुले तीन वर्षमा थोरै काम र धेरै गफ भएको जिकिर गरिरहेका छन् । ओलीकै कारण तीन वर्षको उत्तरार्धमा संघीयता, गणतन्त्र र लोकतन्त्र धरापमा मात्र परेको छैन, ओलीले आफ्नै पार्टी, संघीय संसद र सिंगो देशलाई नै तहसनहस गरेर प्रतिगामी र स्वेच्छाचारी शासन सुरु गरेका छन् भन्ने आरोप विपक्षले लगाइरहेका छन् ।

तर, ओलीले आज आफुले तीन वर्षमा गरेको कामको फेहरिस्त सार्वजनिक गर्ने भएका छन् । हिजो मात्रै मुलधारका मिडियालाई दलाल भएको आरोप लगाएका ओली सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले मिडियाले सही सूचना नदिएका कारण अब आफै लाइभ टेलिकास्टमार्फत सरकारका उपलब्धी सार्वजनिक गर्ने जनाएका थिए ।

आज ओलीले आफुले तीन वर्षमा गरेका मुख्यमुख्य कामको उपलब्धी सुनाउने तयारी गरेका छन् । पुनर्निर्मण भएको सिंहदरबारका तीन मोहडा र प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले प्रेस ब्रिफिङमार्फत तीनवर्षे उपलब्धी सुनाउन लागेका हुन् ।

ओलीले बिहान ११ बजे सरकारका मुख्य उपलब्धीहरु सुनाउने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : १७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,