६ बैशाख २०८१, बिहिबार | April 18, 2024

प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्र विरोधी : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर राष्ट्र र जनतालाई धोखा दिएको बताए ।

प्रचण्डले प्रधानमन्त्री ओलीले गर्न खोजेको निर्वाचन पनि नहुने दाबी गरे । प्रचण्डले भने, “चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।” लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्ड आज दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका वडा नं ७ निवासी नरबहादुर केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्न यहाँ आएका हुन् । उनी काठमाडौं फर्किने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले चितवनमा यही फागुन १२ गते हुने सभालाई सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १ : ३५ बजे

सुदूरपश्चिममा सरकार दाबि गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका

बुटवलमा भोलि जितगढी उत्सव मनाइँदै, यस्तो छ युद्ध इतिहास

बुटवल । बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ