१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

पत्रकार त्रय सिंह, गौतम र थापालाई सामुदायिक पत्रकारिता पुरस्कार



बुटवल । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल इञ्जाद्वारा स्थापित एकलाख रुपैया राशीको सामुदायिक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका बझाङ सम्वाददाता बसन्त प्रतापसिंह, राष्ट्रिय समाचार समिति रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजन दोलखा सम्वाददाता मन्दिरा थापालाई प्रदान गरिने भएको छ ।

इन्जाको आह्वान अनुरुप प्राप्त निवेदनहरु मध्येवाट निर्णायकमण्डलले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
अमेरिकाको भर्जिनिया निवासी पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता सुनिता खत्रीले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारको प्रायोजन गर्दै आएकी छिन ।

बसन्तलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकैगाऊका ३०० दृष्टिविहीनहरुको रिपोर्टिङ ’साइपालका ेअध्यारो संसार’ र सो समाचार प्रकाशित भएपछि समाचार प्रभावकै कारण आंखाको शल्यक्रिया भइ आंखा देख्न सक्ने भएको फलोअप रिपोर्टिङ ’फर्कियो साइपालमा खुशी’का लागि सो पुरस्कार प्रदान गरिएकाे हो ।

रेडियोवाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका सिंहले विभिन्न सञ्चार माध्यममा आवद्द रहेर १५ बर्षदेखी वातावरण, पर्यटन, विकास, सुशासन र दुर्गम का स्थानीयका जनजिविका बारेमा कलम चलाउदै आएका छन । डुलुवा पत्रकारको परिचय बनाएका सिंहले बझाङको विकट समुदायको भ्रमण गरेर थुप्रै खोजमुलक समाचार सामाग्री तयार गरिसकेका छन ।

रुपन्देहीकी नीरा गौतमले राससको सेतोपाटी लगायत अनलाइन र पत्रपत्रिकामा प्रकाशित ’गर्भमै मारिन्छन छोरी’ शीर्षकको समाचारका लागि सो पुरस्कार प्राप्त गरेकी हुन् । तराइमा दाइजो प्रथाका कारण छोरी जन्माउन नचाहने अभिभावकहरुको संख्यामा वढोत्तरी हुंदै जांदा अहिले कसरी तराइमा महिला र पुरुषको जनसंख्या असमान वन्दै गएको छ र यसले कस्ता दुरगामी असरहरु निम्त्याउंदैछ भन्ने देखाइएको छ ।

रुपन्देहीलाई कार्यक्षेत्र बनाएकी गौतम स्थानीय एफएम रेडियोबाट पत्रकारिता प्रारम्भ गरेर स्थानीय टेलिभिजनहरुमा समेत अनुभव प्राप्त गरेपछि हाल राष्ट्रिय समाचार समितिमा कार्यरत छिन । बौद्ध दर्शनमा स्नतकोत्तर तहसम्मको अध्ययन गरेकी उनी नेपाल पत्रकार महासंघ, सञ्चारिका समुह लगायत थुप्रै स्थानीय संघ संस्थामा आवद्ध छन् । उनी संचारिका समुह रुपन्देहीकी अध्यक्ष हुन ।

दोलखाकी मन्दिरा थापालाई नेपाल टेलिभिजनमा प्रसारित लकडाउनका समयमा समेत दोलखामा ८ जना महिला तथा वालवालिकामाथि वलात्कार भएको रिपोर्टका लागि सो पुरस्कार प्रदान गरिएको हो । लकडाउनका कारण रोजगारीका सिलसिलामा जिल्ला वाहिर गएका मानिसहरु गाऊमा फर्किएपछि वलात्कारका घटनामा पनि वृद्धिभएका रिपोर्टले देखाउंछ ।

२०६२ देखी पत्रकारिता सुरु गरेकी मन्दिरा एफएमरेडियो, साप्ताहिक र दैनिक पत्रपत्रिका हुदै विगत १० वर्षदेखि नेपाल टेलिभिजनसंग आवद्ध भएर सञ्चारकर्ममा क्रियाशिल छिन् । ग्रामिण विकासमा स्नाकोत्तर मन्दिराले यसअघि पत्रकारितामा क्रियाशिल भएवापत विभिन्न राष्ट्रिय स्तरको पुरस्कार समेत प्राप्त गरिसकेकी छिन् ।

इञ्जाले यसअघि नै खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गर्ने सार्वजनिक गरिसकेको छ भने यो वर्षको उत्कृष्ट साहित्यिक कृति पुरस्कार पत्रकार तथा साहित्कार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मककृति ’कोटेश्वरको केटो’ लाई प्रदान गर्ने प्रदान गन घोषणा यसअघि नै सार्वजनिक भइसकेको छ ।
इञ्जाले यी तिनै विधाका पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गर्ने भएको छ । सो कार्यक्रममा प्रमुख आतिथ्यताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको इन्जा ग्लोबलका उपाध्यक्ष एबं एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तले जानकारी दिए ।

अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जा संसारभर छरिएररहेका नेपाली पत्रकारहरुको साझा नेटवर्क हो । दुइवर्ष अगाडि गठन भएको यो सञ्जालको एशिया, युरोप र अमेरिकामा आफ्नो महादेशीय कमिटी गठन भइसकेको छ भने अष्ट्रेलिया र अफ्रिकामा पनि महादेशीय कमिटी विस्तार हुने क्रममा रहेको छ ।

संसारका धेरै मुलुकहरुमा राष्ट्रिय कमिटी विस्तार भइसकेको इञ्जाले संसारभर छरिएररहेका नेपाली पत्रकारहरुलाई एउटै सञ्जालमा जोड्ने, उनीहरुको व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने र संकटमा परेका वेला पत्रकारहरुलाई सहयोग पुर्याउने उदेश्य लिएको छ ।

स्थापनाको छोटो समयमा नै इञ्जाले व्लड क्यान्सरवाट पीडित पत्रकार कमल पौडेलको उपचारमा सहयोग पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेको थियो । कोरोना महामारीका समयमा आर्थिक समस्या भोगिरहेका नेपालका ८० जना पत्रकारहरुलाई इञ्जाले गत दशैं अगाडि फेलिसिप प्रदान गरेको थियो जसले समस्यामा परेका पत्रकारको आर्थिक संकट केही हदसम्म टार्न सहयोग पुगेको थियो ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : ०१ बजे

भैरहवाको सिद्धार्थ भिलासा अव पाँच तारे सुबिधा सहित

भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय