१५ माघ २०८२, बिहिबार | January 30, 2026

तिलोत्तमामा अष्टदिप मल्टिनेशनलको अत्याधुनिक सुविधासहित एकीकृत बस्ती परियोजना शुरु



बुटवल । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले तिलोत्तमा नगरपालिका वडा नं ७ भलबारीमा आवास विकास परियोजना शुरु गरेको छ ।

एकीकृत बस्ति विकासबाट थोरै जग्गामा धेरै घरनिर्माण गर्ने लक्ष्यसहित ६ विगाहा क्षेत्रफलमा पहिलो परियोजना शुरु गरेको हो । सरकारको स्मार्ट आवास सेवाको अवधारणा अनुसार नगरपालिकाको सहजिकरणमा शुरु भएको प्रालिका अध्यक्ष नेत्रलाल बनले बताए ।

जहाँ गु्रप ए र बि गरि कुल १ सय २३ वटा ढाई तल्ला घरहरु निर्माण हुने छन । ग्रुप ए मा ३८ वटा, ग्रुप बि मा ८५ वटा घरहरु बन्ने छन । ग्रुप ए मा पर्ने घरको क्षेत्रफल १४ धुर र भवन २ हजार ९ सय स्क्वायर फुट र ग्रुप बि मा पर्ने घरको कुल क्षेत्रफल १० धुर र भवन २ हजार २ सय स्क्वायर फुट रहने छन ।

परियोजनास्थल कम्पाउण्ड भित्र सबै घरपरिवारले उपयोग गर्न मिल्ने गरि अत्याधुनिक कर्मशियल कम्प्लेस, सामुदायिक भवन, ब्याडमिन्टन कवर्ड हल, बास्केटबल कोर्ट, स्वीमिङ पुल, चिल्ड्रेन पार्क, जिमखाना, मन्दिर, हेल्थ क्लब र रेष्टुरेन्ट, सैलुन, ब्युटिपार्लर, ग्रिन जोन रहने छन। परियोजना स्थलभित्र मुल बाटो २६ फुट र सहायक बाटो २४ फुटको रहनेछन ।

परियोजनाका नक्शा, डिजाईनसहितको डिपिआरको काम काठमाण्डौको एक्ट्रास्पेश टेक्निकल कन्सल्टले गरेको छ । तीन वर्षमा सम्पन्न हुने लक्ष्य रहेको परियोजनाको कुल लागत २ अर्ब बढि रहेको छ ।

परियोजना निर्माणस्थलको माटो परिक्षण गरि त्यसको आधारमा नक्शा डिजाइन गरेर बन्ने घरहरु भुकम्प प्रतिरोधात्मक, ढल निकास, खानेपानी ब्यवस्थापन, टेलिफोन, विद्युत जस्ता पुर्वाधार विकास गरिने संचालक विष्णु प्रसाद भुषालले बताए । प्रालिका म्यानेजर यदुराज बरालले सर्वसाधारणका लागि बुकिङ खुल्ला गरिएको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : १० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला