७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज एक गैँडा मृत फेला परेको छ । नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गिद्धेनी पोष्ट नजिक मृत गैँडा फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको छ । गैँडाको खागखुर भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । गैँडा बुढो भएर मरेको अनुमान गरिएको उनले बताए ।

निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् । तीमध्ये चार वटा चोरी शिकारले मारेका हुन् भने अन्य प्राकृतिक कारणबाट मरेका हुन् । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा छन् तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैँडा छन् । यस वर्ष गैँडाको गणना गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : ५१ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा