१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

एमिकस क्यूरी खरेलको राय : प्रतिनिधिसभा विघटन असंवैधानिक हो, यौटा कम्पन दिउँ भन्ने लाग्छ भने विकल्प श्रीमानहरु सामु छ



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्यूरीको तर्फबाट राय दिने क्रम जारी छ ।

आज वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले राय दिँदै प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएका छन् । खरेलले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएकोले यो बदर हुनपर्ने जिकिर गरे ।

नेपालको संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार नदिएको बताउँदै खरेलले भने ‘संविधानमा विशेषाधिकारसम्बन्धी २ वटा धारा छन्, १०३ र १८७ । हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार दिएको छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा फुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’

प्रतिनिधिसभा विघटन गर्दा उल्लेख गरिएको धारा ८५ र त्यो धारा स्वतन्त्र रहेको भन्ने प्रधानमन्त्रीका वकिलहरुको तर्कलाई खरेलले अस्वीकार गरे । उनले भने, यो संविधानबमोजिम अगावै विघटन भएमा बाहेक भन्ने जुन शब्द छ भने त्यसले यो संविधान बमोजिमको विघटन जोड्नुपर्छ कि पर्दैन ? त्यस्तोमा स्पेसिफिक इन्डिकेसन देखाउनुपर्छ । त्यो इन्डिकेसन धारा ७६ बाहेक अन्यत्र छैन । ८५ इन्डिपेन्डेन्ट होइन ।’

वरिष्ठ अधिवक्ता खरेलले संसद् पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए । उनले पुनर्स्थापना नभए मुलुकमा झन् अस्थिरता आउने दाबी गरे । संसद् पुनस्स्थापनाले अस्थिरता ल्याउँछ भन्ने आफुलाई नलाग्ने बताउँदै खरेलले भने, संसद् पुनःस्थापनाको विकल्प छैन । होइन भने यो प्रणाली ध्वस्त हुने सँघारमा छ र एउटा कम्पन हामी पनि दिउँ भन्नु हुन्छ भने विकल्प श्रीमानहरूको सामु छ ।

वरिष्ठ अधिवक्ता खरेलले राजनीतिको केन्द्रमा अहिलेको पुस्ता रहेसम्म तात्विक फरक नहुने तर विघटन सदर भएमा झन् अस्थिरता बढ्ने बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  २ : १६ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको