१ पुस २०८२, मंगलबार | December 16, 2025

एमिकस क्यूरी खरेलको राय : प्रतिनिधिसभा विघटन असंवैधानिक हो, यौटा कम्पन दिउँ भन्ने लाग्छ भने विकल्प श्रीमानहरु सामु छ



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्यूरीको तर्फबाट राय दिने क्रम जारी छ ।

आज वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेलले राय दिँदै प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएका छन् । खरेलले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएकोले यो बदर हुनपर्ने जिकिर गरे ।

नेपालको संविधानले प्रधानमन्त्रीलाई कुनै विशेषाधिकार नदिएको बताउँदै खरेलले भने ‘संविधानमा विशेषाधिकारसम्बन्धी २ वटा धारा छन्, १०३ र १८७ । हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार दिएको छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा फुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’

प्रतिनिधिसभा विघटन गर्दा उल्लेख गरिएको धारा ८५ र त्यो धारा स्वतन्त्र रहेको भन्ने प्रधानमन्त्रीका वकिलहरुको तर्कलाई खरेलले अस्वीकार गरे । उनले भने, यो संविधानबमोजिम अगावै विघटन भएमा बाहेक भन्ने जुन शब्द छ भने त्यसले यो संविधान बमोजिमको विघटन जोड्नुपर्छ कि पर्दैन ? त्यस्तोमा स्पेसिफिक इन्डिकेसन देखाउनुपर्छ । त्यो इन्डिकेसन धारा ७६ बाहेक अन्यत्र छैन । ८५ इन्डिपेन्डेन्ट होइन ।’

वरिष्ठ अधिवक्ता खरेलले संसद् पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए । उनले पुनर्स्थापना नभए मुलुकमा झन् अस्थिरता आउने दाबी गरे । संसद् पुनस्स्थापनाले अस्थिरता ल्याउँछ भन्ने आफुलाई नलाग्ने बताउँदै खरेलले भने, संसद् पुनःस्थापनाको विकल्प छैन । होइन भने यो प्रणाली ध्वस्त हुने सँघारमा छ र एउटा कम्पन हामी पनि दिउँ भन्नु हुन्छ भने विकल्प श्रीमानहरूको सामु छ ।

वरिष्ठ अधिवक्ता खरेलले राजनीतिको केन्द्रमा अहिलेको पुस्ता रहेसम्म तात्विक फरक नहुने तर विघटन सदर भएमा झन् अस्थिरता बढ्ने बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  २ : १६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज