१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

शान्ति नमुना स्कुलकाे बसले पैदल यात्रुलाई ठक्कर दियाे, १ जनाको मृत्यु, १ जना गम्भिर घाईते



बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुलबसको ठक्करबाट एकजनाको ज्यान गएको छ । तिलोत्तमा ११ कुमारी चाेकमा बसको ठक्करबाट मर्णिङ वाकमा निस्किएका तिलोत्तमा नगरपालिका ११ बस्ने ३४ बर्षकि सुमन खौसियाको मृत्यु भएको हो ।

बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया सहित स्थानीय आरती थापालाई शान्ती नमुना माध्यमिक बिद्यालयकोे बसको ठक्कर दिएको थियो । लु १ क ८२४ नंम्बरको बसको ठक्करबाट खौसियाको मृत्यु भएको र सोहि ठाउंकि आरती थापा घाइते भएको प्रहरीले जनाएको छ । थापाको क्रीमशन अस्पताल मणिग्राममा उपचार भईरहेको छ । घाईतेको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

विपरित दिशाबाट गएको ट्रकले झुक्याएका कारण बसदुर्घटना भएको बताईएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ११ : ३४ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू