३ आश्विन २०८३, शनिबार | September 19, 2026

रुपन्देही सुपरलिग : तिलोत्तमा डिभिजन ‘ए’मा



भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको डिभिजन ‘बी’को खेलमा तिलोत्तमा क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लबलाई ६४ रनले पराजित गर्दै डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको तिलोत्तमाले निर्धारित ५० ओभरमा ३९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११२ रनको योगफल बनायो । उसका लागि कृष्ण भुसालले २८ र विष्णु कटेरियाले १४ रन बनाए । बलिङमा साई ग्लोबलका आकाश त्रिपाठीले ४, इमरान पठान र दुर्गेश कुर्मीले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको साई ग्लोबल १५.१ ओभरमा अलआउट हुँदै ४८ रनमै समेटियो । उसका लागि अजय रसाइलीले २० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा तिलोत्तमाका कृष्ण पराजुलीले ४.१ ओभरमा २ मेर्डन राख्दै ९ रन खर्चेर ५ विकेट लिए । यस्तै, विष्णु कटेरिया र यम क्षेत्रीले समान २÷२ विकेट लिए । कृष्ण पराजुली म्यान अफ द म्याच भई पुरस्कृत भए । शुक्रबार वेष्टर्न क्रिकेट क्लब र बुटवल युथबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ४ : ५८ बजे

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी