३ आश्विन २०८३, शनिबार | September 19, 2026

रुपन्देही सुपरलिग : वेष्टर्न १० विकेटले विजयी



भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले बुटवल युथलाई १० विकेटले पराजित गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा २६.१ ओभर खेल्दै सबै विकेट गुमाएर ५४ रनमै समेटियो । उसका लागि लक्ष्मण परियारले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा वेष्टर्नका अनिल खरेलले ३, कृष्ण कार्की, सन्देश थापा र विक्रम भुसालले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको वेष्टर्नले कुनै क्षति विना ६ ओभरमा ५८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा देव खनालले ३४ र भुवन पाण्डेले १७ रन बनाए । अनिल खरेल म्यान अफ द म्याच भई पुरस्कृत भए । शनिबार साई ग्लोबल क्रिकेट क्लब र लुम्बिनी शाक्यानबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : ५२ बजे

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी