५ श्रावण २०८३, मंगलबार | July 22, 2026

जीवनको दासता



साइकलमा दाउरा उडाउदै नरे र कुले । धरणीमा सुतेको यामिनीको कालीमा उठिनसक्दै दश एघार बर्षका बालकहरु नरबहादुर कुलबहादुर साइकलमा दाउरा भरेर मीठाई भट्टी र रक्सी भट्टीलाई लक्ष्य बनाएर शहरको चिल्ला सडकमा उडिरहेका हुन्छन् , हरदिन ।
दुधको लाम्टो चुस्दा चुस्दै नरेकी आमाले दारिद्रिक संसारबाट मुक्त भएर परलोक गई । जसलाई लाचारीले लुछेर नाङ्गो पारेकोले बंशाधिकारीलाभको खुशियाली ताप्दा ताप्दै ज्वरोको उपचार नपाएर बर्षदिन नपुग्दै समयले चुडेर अर्कैलोक पु¥यायो, विचरी शशीकला । परिवार रुपी सांसारिक मायालाई त्यागेर हरियै उमेरमा भुर्र उडी,ऊ ।

कथाकार

अनि पत्नी वियोगको आँशुले नुहाउँदै छविलालले लिटो र भात खुवाएर ठडाएको थियो नरेलाई । जब ऊ पाँच बर्षमा खेल्दै थियो, घाँसको रुखबाट लडेर उसको बाबुको खुट्टा भाँचियो । लाचारी र दारिद्र्यताले उसलाई स्कूल पस्ने बेलामा खाली खुट्टामा घाँस, दाउरा बटुल्न जङ्गल पस्ने बनायो,पारिवारिक जीवन यापनको कर्तव्यले तानेर । जीवनको दासता ।

जब ऊ पाँच छ बर्षको थियो, थाप्लोमा झिँजा दाउरा हालेर गाउँले दाइहरुको पदचाप पछ्याउँदै लुखुर लुखुर बजार गर्दा गर्दै आठ नौ बर्षको खुट्किलो चढेपछि कर्तव्य बोधको भारीले पनि थिच्दै ल्याएकोले बाबुको थोत्रो साइकल हुइकाउने भएको थियो ऊ ।

त्यस्तै कुलेको बाबु दयाराम छ बर्ष अघि मृगौला फेल भएर एक मात्र छोरो कुलेलाई उसकी आमा धनीमायाको जिम्मा लगाई अव्यवस्थित राज्यको दारिद्य्र जीवनबाट मुक्ति पाएको थियो । दिनभरि बिना पानी जङ्गलको दाउरा कटाई र त्यही दाउराको भारी बोकेर बजारमा पु¥याउने दैनिककीसंग परास्त भएर मृगौला रोगको शिकार हुन पुगेको थियो ।

सात आठ बर्षको भएपछि साइकल सिकेर नरेकै सहकर्मी बनेर दाउरासंग मितेरी लाउन पुगेको थियो । उसकी आमा पनि ऊसंगै जङ्गल गएर सालको पात टिपेर बोरामा भरी बजार पु¥याउने गरेकी थिई, आफ्नै महिला साथी बनाएर ।

नरे, बाबुको अपाङ्गतापछि उसकी दिदी नैनाले आमाको पदभार सम्हालेकी थिई । गाउँका अरु समकालीन केटाकेटीहरु पाँचै बर्षदेखि पिठ्युमा कितावको झोला बोकेर स्कूल गैरहेको देख्दा मन नकल्पिएको हैन । यद्यपी विवशताले नरे र कुलेको हात समातेर आँसी,बञ्चरो र साइकलतिर सोझाइदिएको थियो ।

धर्तिमा उषाको रङ्ग पोतिनुभन्दा धेरै अघि, रात्रीको मौनता चिर्दै साइकलमा दाउराको भारी बाँधेर सहरको चिल्ला सडकमा हुइकाउनु उनीहरुको नियति बनेको थियो । गन्तव्य– मीठाई भट्टी र रक्सी भट्टीमा दाउरा बिसाएर वा बाटैमा कोही ग्राहक भेटिएमा सस्तैमा हात पारेपछि जो हात लागेको पैसाले पारिवारिक जीवन यापन चल्थ्यो । घर फर्किएर खाना खाना खाएपछि पुनः भोली विहानको भारीको लागि सुकेका दाउरा खोज्न आफूभन्दा ठूला साथीहरुसंग जङ्गल चहार्नु नरे,कुलेको चक्रीय दैनिकी थियो, नियति भोग ।

उनीहरुलाई अरु जस्तै स्कूल जाने आकांक्षामा लाचारीले गरालो लाइदिएको थियो । त्यसैले जीवनको प्रकाश, छायाँ भौतारियो,उनीहरुको ।

अब उनीहरुको मनोकांक्षा शैक्षिक बाटोबाट बाङ्गिएर जङ्गल,बन्चरो र थोत्रो दाउरा र साइकल नै उनीहरुको जिन्दगीको अभिन्न अङ्ग बन्न आयो ।

अनि प्रत्येक दिन विहान एउटा बासी रोटी टोकेर साइकलमा दाउरा भरेर सहरतिर उड्नु उसको दैनिकी । यो कामचक्र उनीहरुको साइकलको पाङ्ग्रा जस्तै थियो,नित्य घुमिरहने । जीवनको घाम छायाँमा भौतारिरहने ।

यद्यपी यो काममा उनीहरुलाई हेमन्तको जाडोको टोकाईसंग मात्र हैन, अगाडि शहरका मानवरुपी काँडाहरु छिचोल्नु पनि अत्यन्त कष्टकर थियो,निरीहहरुका लागि । बेला बेलामा ठाउँ ठाउँमा सुकिला, मुड्किला बिघ्न बाधाहरु तेर्सिएका हुन्थे । ती काँडाहरु छिचोलेर ग्राहकसम्म पुगेपछि ग्राहकको मोलिमोलाईबाट श्रमको अवमूल्यन हुन्थ्यो,उनीहरुको । पसिना र मुटुको रगतको अवमूल्यनमा जतिसक्दो खुम्चिनु पर्ने बाध्यता,सामान्य ।

अर्को छिचोल्न नसकिने संकटपूर्ण काँडाहरुले उनीहरुलाई एकदिनको पूरै श्रमलाई बाढीले बगाएर लान्थ्यो । सुकेको पसिना दाउरा काट्न वन समितिले अनुमति दिन्थ्यो । त्यही आज्ञा पालना गर्दै गर्दा पनि दाउराको भारीमाथि बेलाबेलामा अमानबीय आक्रमण भैरहन्थ्यो । कुत्सित नियतका मान्छेहरु फरेष्टर गार्ड हुँ भनेर बीच बाटामा खोस्न आउँथे । उनीहरुको त्यो दाउरा वनको सरकारी गोदाममा पुग्यो वा व्यक्तिकै घर पुग्थ्यो । त्यो कुरा ती लानेलाई मात्र थाहा हुन्थ्यो । क्षतविक्षत भएको हृदय लिएर उदासीको तीतो रक्सी पिउदै कालो पोतिएको अनुहारबाट तप्प चार थोपा आँशु झारेर विचरा नरे र कुले घर फर्किन्थे ।

 

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १० : ४५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं