४ कार्तिक २०८३, बुधबार | October 21, 2026

स्याल र भालुको कथा



अन्यौलमा भालु
समन्वयको शक्ति
फुटाहा स्याल

कुनै जङ्गलमा भालु,बँदेल,मृग,बाख्रा,गाई,भैंसीहरु मिलेर मैत्रीपूर्ण सहबास,सहचरण गर्दै आएका थिए । एक दिन समूह बाहिरबाट एउटा स्याल आयो । बाख्रालाई मार्ने दाउ ग¥यो ।

भालुले त्यसलाई आक्रमण गर्न खोज्यो । धूर्त स्यालले आफनो कुत्सित बुद्धि प्रयोग गरी भालुलाई उचाल्यो–“भालु दाई ! तपाई जङ्गलको राजा । तपाई बिछोडिएर यहाँ आइपुग्नु भएको रहेछ । यति साना कुजातहरुसंग खुम्चिएर बस्न सुहाउदैन । आफ्नै जातसंग पो बस्नु राम्रो हुन्छ । भालु बचा छँदा बिछोडिएर आएको थियो । उसले आफ्नो शरीर हे¥यो,अरुलाई अरुलाई हे¥यो । आफूलाई राजानै भएको महशुस ग¥यो । उसलाई सिरिङ्ग चल्यो ।

कथाकार

अनि आफनो जातको बथान खोज्दै हस्याङ फस्याङ गरेर उकाली ओराली गर्दै सघन जङ्गल भित्र पस्यो । त्यहाँ धेरै भालु,बनेल,हात्ति,अर्ना चित्तल,बाख्रा,सुङ्गुर,कालीच,च्याखुरा डाँफे आदि ठूलादेखि सानासम्म स्थलचर र गगनचर पशु पंक्षीहरु बिना भेदभाव संगोलमा बडो अदबसाथ मैत्रीपूर्वक चरिरहेको देख्यो । त्यहाँ एकले अर्कालाई चाटिदिन्थे,चराहरुले अरु पशुहरुको जिउमा टोक्न बसेका कीरा फट्याङग्राहरुलाई खाइदिएर सञ्चो बनाइदिन्थे । रमाइलो बातावरणमा सबै आनन्दपूर्वक बसिरहेका थिए ।
उता भालु जानासाथ स्यालले एउटा बाख्रालाई ढालिहालेछ । यता नवआगन्तुक भालु आफू जस्तै धेरै भालु देखेर खुशी भयो । उनीहरुअनि उसले बुज्रुकपन देखाउदै खुसुक्क एउटा बुढो भालुको कानमा भन्यो–
“हैन तपाईहरु यी भुसेहरुसंग किन बसेको ? हाम्रो जातै अर्कै । आ–आफनो जात अलग्गै बस्नु पर्दैन ?”

रैथाने बुढो भालुले भन्यो –“किन अलग्गै बस्ने? प्रकृति माताले दिएको यो जङ्गल हामी सबैको साझा हो । आहारा सबैको साझा,हामी सबै जङ्गली पशु जाति । यहाँ हामी फुटेर हैन मिलेर शत्रुको सामना गर्छौं । हामी मिलेर बस्यौंँ भने जङ्गलको राजा हुँ भनेर सबैलाई आहारा बनाउने बाघ आयो भने हामीलाई एकजुट भई मिलेर बसेको देखेपछि ऊ हाम्रो बथानमा पस्ने आँट गर्न सक्तैन । यदी पसिहाल्यो भने पनि हामी सबै लागेर भगाइदिन्छौं । निउ खोज्यो भने उसैलाई मारिदिन्र्छौ । एक पल्ट एउटा बाघलाई मारेका छौं हामीले । त्यसैले ऊ हामीकाँ आउनै सक्तैन । एक्लो भयो भने उसले एउटा एउटा गरी मारिदिन्छ । यस्तो पो हो, मेल भन्ने कुरा ।”

त्यसपछि नव आवगन्तुक भालुले भन्यो –“हुन त यो राम्रो कुरा हो, ‘मेल भनेको बल हो, फुट भनेको कमजोरी’ हो । तर स्यालले त मलाई आफनो जात अलग्गै बस्नुपर्छ नत्रभने संकट आइपरे समाधान गर्न सकिदैन भन्थ्यो नि त ?”

त्यसपछि स्थानीय भालुले भनेछ–“त्यो स्यालको जातै बदमास हो,फटाहा हो । त्यसैले स्याल ब्वाँसाहरुलाई हामीकाँ पस्नै दिदैनौं । शायद त्यसले त्यहाँ केही बदमासी गर्नको लागि होला । कस्सो तिमीलाई फसाएनछ । त्यसको त कामै फुटाउने र मार्ने, मराउने हो ।” स्थानीय भालुको यो सम्बादपछि आगन्तुक भालु दङ्ग परेछ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ९ : ४४ बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने