२९ असार २०८३, सोमबार | July 13, 2026

प्रगतिबादी साहित्यकार गणेश जिसीको ‘मृत्युफूल’ आजबाट बजारमा



नेपालगन्ज । अग्रज पत्रकार तथा प्रगतिबादी साहित्यकार गणेशबहादुर जिसीको सातौ साहित्यिक कृतिका रुपमा कथा सङ्ग्रह मृत्युुफूल शनिबारदेखि बजारमा आएको छ । जिसीको कथा संग्रह मृत्युुफूलको शनिबार उक समारोहकाबीच नेपालगन्जमा बिमोचन गरिएको छ ।

भेरी साहित्य समाज केन्द्रीय समिती नेपालगन्ज बाँकेको भाषा तथा समालोचना बिभागको आयोजनामा जिसीद्वारा लिखित कथा सङ्ग्रह मृत्युुफूल बिमोचन गरिएको हो ।

साहित्यकार सनत रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिना, प्राज्ञसभा सदस्य महानन्द ढकाल, अवधि साहित्यकार बिष्णुलाल कुम्हाल, बरिष्ठ लेखक नरेन्द्रजंग पिटरले संयुक्तरुपमा कथा संग्रहको बिमोचन गर्दै पुस्तकको बारेमा चर्चा समेत गरे ।

पुस्तकमाथी समिक्षा गर्दै समालोचक गिता अर्याल र चरित्रा शाहले कथा सङ्ग्रहमा सामाजिक यथार्थता झल्किएको बताए । कथाले समाज परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको चित्रण गर्दै उनीहरुले सामाजिक बिकृति र बिसङ्गतीहरुका बिरुद्ध पुस्तक सशक्त भएर उभिएको चर्चा गरे । प्रेमालापका प्रसंगहरु आलाङ्कारिकरुपमा जोडिएपनि राष्ट्रलाई समाजवादी विचारमा उभ्याउन पुस्तकले प्रतिकात्मक पक्षपोषण गरेको समिक्षकहरुले टिप्पणी गरे । समाजमा बिद्देमान कुरिती, साम्य हुन नसकेको द्वन्द्व, असमानता र महिला माथिको शोषण देखि घरघरमा रहेका पारिवारिक कलह र त्यसका कारणहरुलाई पुस्तकले सचित्र पस्कन सफल रहेको समिक्षकहरुको भनाई थियो ।

२४ वटा कथा समेटिएको कथा सङ्ग्रहमा हरेक कथाहरुले समाजको एउटा द्वन्द्वको वर्णन गरेको छ । कोर मधेशमा रहेको सामाजिक बिसङ्गती देखि पहाडमा रहेको सामन्तबादका अवशेषहरुलाई कथाको माध्यमबाट उजागर गर्न कथाकार जिसी सफल भएको कार्यक्रममा सहभागी टिप्पणीकारहरुकामे भनाई थियो ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ११ : ०४ बजे

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान