२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रधानमन्त्री ओलीकै अगाडि प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले गरे कालोझण्डा प्रदर्शन



विराटनगर । नेकपा ओली पक्षको जनसभा भएको नजिकै नेकपा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओली विरुद्ध प्रदर्शन गरेका छन् । जनसभालाई सम्बोधन गर्न ओली विराटनगरमा पुगेलगत्तै प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

ओली सवार सडक अगाडि पुगेर प्रचण्ड–नेपाल पक्षका अनेरास्ववियूका नेता वासिम आलमसहितका कार्यकर्ताले कालोझण्डा देखाउँदै ओली सरकार विरुद्ध नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रधानमन्त्री ओली विराटनगर एयपोर्टमा झरेलगत्तै विद्यार्थीहरुले एयरपोर्ट मोडमा १०।१२ जना व्यक्तिले प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गरेको र उनीहरुलाई तुरुन्तै तितरबितर पारिएको प्रहरीले जनाएको छ । नाराबाजीकै क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।

नेकपा ओली पक्षको विराटनगरमा हुने आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर प
गेका छन् ।

प्रधानमन्त्री आउने भएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १ : ५९ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका