१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रदेशसभा कब्जा गर्ने ‘दाहाल-नेपाल कम्पनी’को चाहना पुरा हुन दिँदैनौं : मुख्यमन्त्री राई



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाहाल–नेपाल कम्पनीलाई मुलुकलाई अँध्यारो खाडलमा लैजान लागेको आरोप लगाएका छन् ।

विराटनगरमा ओली पक्षद्वारा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले पुष्पकमल दाहाल र माधवकुमार नेपालले खुमलटारमा कम्पनी दर्ता गरेर मुलुकलाई अँध्यारो खाडलमा लैजान लागेको आरोप लगाएका हुन् ।

राईले दाहाल–नेपाल कम्पनीले राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष र मुख्यमन्त्रीहरूलाई अपदस्त गरेर सत्ता कब्जा गर्ने तयारी गरेपछि प्रतिनिधिसभा विघटन गरिएको दाबी गरे । उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष, मुख्यमन्त्रीहरूलाई अपदस्त गरेर एउटा कित्ताले सत्ता कब्जा गर्ने तयारी गरेको छ । यो कित्ताले देश अध्याँरो सुरुङभित्र लगेको छ ।’

राईले दाहाल नेपाल पक्षले प्रदेशमा भाँजो हाल्न लागेको भन्दै प्रदेश कब्जा गर्ने उनीहरुको चाहना पुरा गर्न नदिने दाबी गरे । उनले थपे, ‘विधि प्रक्रियाको खिल्ली उडाउँदै आउनुभएको छ । प्रदेश कब्जा गर्न दिँदैनौं । प्रदेशलाई संस्थागत गर्दै अगाडि बढ्छौं ।’ चुनावी प्रक्रियाबाट आएका मुख्यमन्त्रीहरूलाई हटाउन नसक्ने उनले बताए ।

मुख्यमन्त्री राई विरुद्ध प्रचण्ड नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रदेश सभामा अविश्वास प्रस्ताव अघि बढाउन नदिन राई पक्षीले संसद अवरोध गरिरहेको छ । प्रस्ताव अघि बढे प्रदेशसभा नै विघटन गर्ने चेतावनी राईले दिइसकेका छन् ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ३ : १० बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना