५ पुस २०८२, शनिबार | December 21, 2025

डा. बाबुराम भट्टराई उपचारका लागि भारत जाँदै



काठमाडौं । केही दिनदेखि बिरामी भएका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई आज नेपाल वायुसेवा निगमको जहाजबाट भारतको।दिल्ली जान लागेका हुन । पेटमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौँको निदान अस्पतालमा भर्ना भएका थिए ।

परीक्षणका क्रममा उनको ‘न्युरो इन्डोक्राइनको ट्युमर’ रहेको आशंका गरेपछि थप उपचारका लागि भट्टराई दिल्ली जान लागेका हुन ।

दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ अस्पतालमा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ दिल्लीमा रहेको नेपाली दुतावासमा हुनेछ ।

भट्टराईसँगै पत्नी हिसिला र उनका प्रेस संयोजक विश्वदीप पाण्डेय पनि दिल्ली जाँदैछन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : ३८ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ