८ माघ २०८२, बिहिबार | January 22, 2026

खाने तेलको भाउ घट्यो, उपभोक्तालाई भने उस्तै



काठमाडौं । खाने तेलको भाउ लिटरमा पाँचदेखि १० रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रतिलिटरमा न्यूनतम पाँच र अधिकतम १० रुपियाँसम्म घटेर आएको जनाएको छ ।

विभागका अनुसार एक सातायता सबै ब्रान्डले नयाँ प्रिन्टमा तेलको एमआरपी घटाएर बजार पठाएका छन् । दशैँयता प्रतिलिटर ६० रुपियाँसम्म तेलको भाउ बढेपछि विभागले उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो ।

तेलको विषयमा विभागले उद्योगीलाई पटक–पटक बढ्नुको कारण पेस गर्न व्यापारीलाई निर्देशन दिएपछि उद्योगीले केही भए पनि भाउ घटाएका हुन् ।

खाने तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटेका कारण तेलको भाउ घटेको हो । तथापि उपभोक्ताले भने तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् ।

कच्चा पदार्थको मूल्य बढेको हल्ला हुने बित्तिकै भाउ बढाउने उद्योगीले घटाउने बेलामा भने स्टकका नाममा अल्मल्याउने परिपाटीका कारण कच्चा पदार्थ घटे पनि उपभोक्ताले राहत नपाएका हुन् । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ५० बजे

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई