२७ बैशाख २०८३, आइतबार | May 11, 2026

स्वास्थ्य निकाय र विश्व स्वास्थ्य संगठनबाट स्विकृत नलिई बाबा रामदेवले गरे कोरोना विरुद्ध औषधीको लञ्च



बुटवल । आधिकारीक निकायबाट प्रमाणिकरण र मान्यता प्राप्त नभएको भारतका योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जली आयुर्वेदले निर्माण गरेको कोरोना औषधिको प्रचारमा भारतका स्वास्थ्मन्त्री आफै उभिएपछि मन्त्री हर्ष वर्दन विबादमा तानिएका छन् ।

भारतकै सरकारी निकायबाट प्रमाणीकरण नभएको साथै विश्व स्वास्थ्य संगठनले मान्यता समेत नदिएको रामदेवको कम्पनीबाट उत्पादित कोरोनिल नामको औषधि सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री स्वयं उभिएर लञ्च गरेपछि उनी विबादमा तानिएको बीबीसी हिन्दीले जनाएको छ।

बीबीसी हिन्दीका अनुसार इंडियन मेडिकल एसोसिएशन (आईएमए)ले केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वर्दनलाई भारतको मेडिकल काउन्सिलको नियमको अवहेलना गरेको आरोप लगाउँदै स्पष्टीकरण मागेको छ ।

स्पष्टिकरणमा लेखिएको छ, ‘एसोशियसनको नियमले कुनै डाक्टरले समेत औषधीको प्रचार गर्न नपाईने अवस्थामा डाक्टर समेत रहेका केन्द्रीय मन्त्रीले औषधीको प्रचारमा उत्रनु आश्यर्यको विषय हो ।’

भारतीय चिकित्सक संघले यो विषय मेडिकल काउन्सिल अफ इन्डियासम्म लाने समेत बताएका छन्।

गत शुक्रबार स्वास्थ्यमन्त्री हर्ष वर्दन तथा अर्का मन्त्री नितिन गडकरी दिल्लीको कन्स्टीट्युसन क्लबमा बाबा रामदेवद्वारा आयोजित कार्यक्रममा उपस्थित भएका थिए।

लंञ्च कार्यक्रममा रावदेवले आफ्नो औषधि कोरोनिललाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताउँदै उक्त औषधि १५४ देशमा पुर्याउने तयारी गरिएको जानकारी दिएका थिए ।

विश्व स्वास्थ्य संगठनले भने रामदेवले बनाएको औषधिको बारेमा संगठनलाई कुनै थाहा र जानकारी नआएको जनाएको छ । बीबीसीले रामदेवको खोपलाई तथाकथितको संज्ञा दिंदै लञ्च गरिएको खोपका विषयमा मन्त्रालयलाईनै थाहा नभएको जनाईएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ५ : १७ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको