२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

प्रधानमन्त्री ओलीको जन्मदिनमा ससुरालीको सगुन र ऐला (रक्सी) !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिश्रित शैलीमा मंगलबार आफ्नो ७० औँ जन्मदिन मनाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका प्रधानमन्त्री ओलीका घर र ससुराली तर्फका आफन्तहरुका बीच प्रधानमन्त्री ओलीले ७० औँ जन्मदिन मनाएका हुन्। प्रधानमन्त्री ओलीले आधा कर्मकाण्डीय धार्मिक शैलीमा र आधा नेवारी संस्कृतिका आधारमा जन्मदिन मनाएका छन् ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले सुरुमा ९१ वर्षीय बुवा मोहनप्रसाद ओलीसँग टीका लगाएर आर्शीवाद लिएका थिए भने त्यसपछि ससुराली तर्फबाट तयार गरिएको नेवारी परम्परा अनुसारको सगुन ग्रहण गरेर जन्मदिन मनाएका थिए ।

नेवार परिवारबाट राधीका शाक्यसँग विवाह गरेका ओलीका ससुरालीबाट नेवारी सगुन अण्डा, माछा, ऐला (रक्सी)लगायतको परिकार बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्री ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ०० बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा