१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रधानमन्त्री ओलीको जन्मदिनमा ससुरालीको सगुन र ऐला (रक्सी) !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिश्रित शैलीमा मंगलबार आफ्नो ७० औँ जन्मदिन मनाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका प्रधानमन्त्री ओलीका घर र ससुराली तर्फका आफन्तहरुका बीच प्रधानमन्त्री ओलीले ७० औँ जन्मदिन मनाएका हुन्। प्रधानमन्त्री ओलीले आधा कर्मकाण्डीय धार्मिक शैलीमा र आधा नेवारी संस्कृतिका आधारमा जन्मदिन मनाएका छन् ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले सुरुमा ९१ वर्षीय बुवा मोहनप्रसाद ओलीसँग टीका लगाएर आर्शीवाद लिएका थिए भने त्यसपछि ससुराली तर्फबाट तयार गरिएको नेवारी परम्परा अनुसारको सगुन ग्रहण गरेर जन्मदिन मनाएका थिए ।

नेवार परिवारबाट राधीका शाक्यसँग विवाह गरेका ओलीका ससुरालीबाट नेवारी सगुन अण्डा, माछा, ऐला (रक्सी)लगायतको परिकार बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्री ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ०० बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे