२९ चैत्र २०८२, आइतबार | April 13, 2026

बल्ल बोले सुवास नेम्वाङ, – संसद विघटन नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएपनि मानेनन



काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा ओली पक्षका नेता सुवास  नेम्वाङले प्रधानमन्त्री ओलीलाई संसद् विघटन नगर्नुस् भनेर सुझाव दिए पनि प्रधानमन्त्रीले नमानेको बताएका छन् ।

बुधबार न्युज २४ टेलिभिजनमा पत्रकार टेकनारायण भट्टराईसँग कुरा गर्दै नेता नेम्बाङले सर्वोच्च अदालतले सहि निर्णय गरेको टिप्पणी गरे । नेम्वाङले संसद विघटनको मुद्दा विचाराधिन भएकै अवस्थामा सर्वोच्च अदालत निर्णय दिन सक्षम छ भनेको स्मरण गर्दै सर्वोच्चले गरेको फैसला ठिक रहेको र संविधान सम्मत रहेको बताए ।

नेम्वाङले मुद्दा पर्नुअघि नै प्रधानमन्त्री ओलीलाई संसद् विघटन नगर्नुस् भनेर सुझाव दिएको बताए । उनले भनेका छन्, ‘‘प्रधानमन्त्रीज्यूले मेरो बाध्यता भयो, मसँग अरू विकल्प भएन भन्नुभयो । यो कानुनी र राजनीतिक रूपमा ठीक हुँदैन है प्रधानमन्त्रीज्यू भनेर मैले भनेको हो, मिडियामा पनि केही कुरा त आएकै हुन्,’ उनले भने ।

‘पत्रकारहरूसँगको कुराकानी र विभिन्न कार्यक्रममा अहिलेको विषयमा मैले बोलेको थिएँ । सर्वोच्च अदालतमा विचाराधीन विषयमा प्रवेश गरेपछि कानुनको विद्यार्थीको नाताले संसद्‌मा बहससमेत गर्न नपाउने संवैधानिक प्रावधान भएकाले मैले त्यसबारे नबोलेको हुँ ।’ उनले भने ।

अहिले सर्वोच्चले यसबारे निर्णय दिँदै संविधानको व्याख्या गरेको पनि नेम्बाङले बताएका छन् । ‘कानुनी रूपमा सर्वोच्चले संविधानको व्याख्या गऱ्यो । सर्वोच्चको व्याख्या अब संविधानको अभिन्न अंग भयो’, उनले भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १ : ३९ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्