१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बल्ल बोले सुवास नेम्वाङ, – संसद विघटन नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएपनि मानेनन



काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा ओली पक्षका नेता सुवास  नेम्वाङले प्रधानमन्त्री ओलीलाई संसद् विघटन नगर्नुस् भनेर सुझाव दिए पनि प्रधानमन्त्रीले नमानेको बताएका छन् ।

बुधबार न्युज २४ टेलिभिजनमा पत्रकार टेकनारायण भट्टराईसँग कुरा गर्दै नेता नेम्बाङले सर्वोच्च अदालतले सहि निर्णय गरेको टिप्पणी गरे । नेम्वाङले संसद विघटनको मुद्दा विचाराधिन भएकै अवस्थामा सर्वोच्च अदालत निर्णय दिन सक्षम छ भनेको स्मरण गर्दै सर्वोच्चले गरेको फैसला ठिक रहेको र संविधान सम्मत रहेको बताए ।

नेम्वाङले मुद्दा पर्नुअघि नै प्रधानमन्त्री ओलीलाई संसद् विघटन नगर्नुस् भनेर सुझाव दिएको बताए । उनले भनेका छन्, ‘‘प्रधानमन्त्रीज्यूले मेरो बाध्यता भयो, मसँग अरू विकल्प भएन भन्नुभयो । यो कानुनी र राजनीतिक रूपमा ठीक हुँदैन है प्रधानमन्त्रीज्यू भनेर मैले भनेको हो, मिडियामा पनि केही कुरा त आएकै हुन्,’ उनले भने ।

‘पत्रकारहरूसँगको कुराकानी र विभिन्न कार्यक्रममा अहिलेको विषयमा मैले बोलेको थिएँ । सर्वोच्च अदालतमा विचाराधीन विषयमा प्रवेश गरेपछि कानुनको विद्यार्थीको नाताले संसद्‌मा बहससमेत गर्न नपाउने संवैधानिक प्रावधान भएकाले मैले त्यसबारे नबोलेको हुँ ।’ उनले भने ।

अहिले सर्वोच्चले यसबारे निर्णय दिँदै संविधानको व्याख्या गरेको पनि नेम्बाङले बताएका छन् । ‘कानुनी रूपमा सर्वोच्चले संविधानको व्याख्या गऱ्यो । सर्वोच्चको व्याख्या अब संविधानको अभिन्न अंग भयो’, उनले भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १ : ३९ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति