१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

प्रचण्ड-नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारमा



काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ ।

सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विकसित नयाँ राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सांसदहरुलाई जानकारी गराएका छन् ।

बैठकमा सुरुमा कुरा राख्दै अध्यक्ष माधवकुमार नेपालले ओली तर्फ गएका सांसदहरु फर्किन चाहेको बताएका थिए । अध्यक्ष नेपालले ओली पक्षमा भएका सांसदहरुलाई ल्याउनका लागि थप पहल गर्न समेत आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेसँगै प्रचण्ड नेपाल नेकपा उत्साहित भएको छ । नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ । बैठक अहिले पनि जारी छ । धेरै सांसदहरु काठमाडौं बाहिर भएका कारण सबैको उपस्थिति हुन नसकेको नेकपाले जनाएको छ ।

सबै सांसदहरुको उपस्थिति भएपछि संसदीय दलको औपचारिक बैठक बस्ने बताइएको छ । सरकारले प्रतिनिधि सभा विघटन गरेकै दिन प्रचण्ड–नेपाल पक्षका ९० जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री ओली विरुद्ध संघीय संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये केही सांसदहरु ओली पक्षमा लागेका छन् । तर, प्रतिनिधिसभा पुनर्स्थापित भैसकेका कारण ओली समुहमा रहेका केही सांसद आफ्नो समुहमा आउने प्रचण्ड नेपाल नेकपाले दाबी गरेको छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ४ : ४९ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै