१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

भागरथी काण्डको अनुसन्धानमा खटिएका दुई प्रहरी कर्मचारीको एक तह पदोन्नति, डीआईजी सहित पाँच जनालाई नगद पुरस्कार



काठमाडौं । बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको अनुसन्धानमा संलग्न प्रहरीहरु प्रहरी प्रधान कार्यालयबाट पुरस्कृत भएका छन् । सफल अनुसन्धान भएको भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गर्नुका साथै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहित ५ जनालाई नगद पुरस्कार प्रदान गरेका छन् ।

उत्कृष्ट कार्य गर्ने सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक पदम बहादुर थापा प्रहरी नायव निरीक्षकमा र ईलाका प्रहरी कार्यालय राजापुर बर्दिया दरबन्दीका प्रहरी जवान नर बहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् । उनीहरुलाई कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एकतह माथिल्लो पदमा पदोन्नति गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुमध्ये प्रहरी नायव निरीक्षक पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका(७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटनाको अनुसन्धान तथा कैलाली धनगढी उपमहानगरपालिका(१० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द वि.क. तथा प्रहरी जवान रामबहादुर साउँदलाई तस्करहरुको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका(१ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न अहम भूमिका निर्वाह गरेक थिए । साथै प्रहरी हवल्दार नर बहादुर थापाले उपरोक्त तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

साथै बैतडी दोगडाकेदार गाउँपालिका(७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल भएको भन्दै प्रशंसनीय कार्य गर्ने ५ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।

नगद पुरस्कारद्वारा पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्च कुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायव निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन् ।

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरुको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी उनीहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : १६ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका