१३ बैशाख २०८३, आइतबार | April 26, 2026

कांग्रेस नेता जोशीको मस्तिष्कको अपरेशन सम्पन्न



काठमाडौँ । मस्तिष्कघात भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अपरेशन गरिएको छ ।

मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार गरिरहेका जोशीलाई आईसीयूको भेन्टिलेटरमा राखेर उनको उपचार गरिँदैछ ।

न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोलीले अपरेशन गरेको हो । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको झाले बताए । मस्तिष्कको अति संवेदनशील भागमा जमेको रगतलाई शल्यक्रिया गरेर पनि निकाल्न नसक्ने चिकित्सकले बताएका छन् ।

डा. झाका अनुसार जोशीको सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको छ । यो निकै जटिल अवस्था हो । यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुने चिकित्सकले बताएका छन् ।

जोशीलाई बिहीबार रातिदेखि शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएको थियो । त्यसपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार बिहान उनलाई नर्भिकमा सारिएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १२ : ५९ बजे

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

झापा । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक

गैरीगाउँ-सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ अन्तर्गत गैरीगाउँ-सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण

बुटवलको ट्राफिकचोकमा कुसुम अर्गानिक कोशेली घर सञ्चालन

बुटवल । पहाडका अर्गानिक उत्पादन शहरबासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा

उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीको आयोजनामा आइतबार बुटवलमा

सुकुम्बासी बस्तीका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षणमा संघसंस्थाको सक्रियता

काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा तथा बेवारिसे जनावरहरूको संरक्षण